मुग्लानी खबर ३ सेप्टेम्बर २०१७
डम्बर मिसेक/कतार
ईस्लाम धर्मालम्वीहरुको महान चाड इद अल आधा बकर इदको अवशरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतार अन्र्तरगतको महिला विभाग द्धारा आयोजित “पिडितहरुको सहयोगार्थ र संस्थागत आर्थिक अभिवृद्धीका लागि भाग्यशाली चिठ्ठा कार्ययक्रम” सम्पन्न भएकोछ ।
संयोजक प्रमिला बस्नेतको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभागका उपाध्यक्ष रामकुमारी आठपहरीयाको स्वागत मन्तब्य र उपाध्यक्ष रेखा राईको सञ्चालन रहेको थियो ।
कतारको औधोगिक क्षेत्र स्थित ग्रिन रेष्टुरेन्टमा आयोजित सो कार्यक्रममा सलिसाम कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङ प्रमुख अथितिका रुपमा रहेका थिए भने, विशेष सल्लाहकार धनप्रसाद साबा, पाचथर जिल्ला पुर्वसचिव जगदिस ढुंगेल, उपाध्यक्ष सागर तुम्बाहाङफे, उपाध्यक्ष युवराज बेघा, महासचिव डम्बर लिबाङ, उपमहासचिव सुमन सहयात्री योङहाङ, सहअर्थसचिव राज सिसाम लिम्बु, स.स. नगेन पाक्सावा विशेष अथिति रहेका थिए । यसैगरि क्षेत्रिय अध्यक्षहरु तेजबहादुर थेवे, तेन्जिङ शेर्पा, सुरेशहाङ लिम्बु, हरिमाया फागो, सकुन्तला लिम्बु, भिम माया तामाङ र समाजसेवीद्धय संगिता थिङ लामा, लोक बहादुर राई अथितिका रुपमा रहेका थिए ।
उत्त कार्यक्रममा नरेन्द्र एभेङ, धनप्रसाद सावा, जगदिस ढुंगेल, सागर तुम्बाहाङफे, संगिता थिङ लामा लयातले शुभकामना मन्तव्य राखेका थिए भने, महासचिव लिबाङले भाग्यशाली चिठ्ठा कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
२४० बर्षे एकात्मक राज्यशत्ता द्धारा देश र जनताका भविश्यलाई क्षतविक्षत पारि रहेका देशका शासक र एकात्मक राज्य संरचनाको घोर विरोध गर्दै राष्ट्रिय एकता, दिघो शान्ति, विकास र समान्ताका लागि विगत लामो समय देखि संर्घषरत पार्टि संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपालको भात्रृ संगठनका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च कतार रहेपनि, यस मञ्चले स्थापना कालदेखिनै प्रवास कतार देखि घरबास सम्मका विभिन्न समस्यामा परेका पिडितहरुको सुचनाका आधारमा आवश्यक उद्दार तथा सहयोगहरु गर्दै आएकोछ ।
यसै गरि मञ्च अन्तरगतको महिला विभागले यस वर्षको प्राकृतीक प्रकोप डुवानमा परि कष्टकर जिवन विताई रहेका पिडितहरुको दुःखेको घाउमा मलमपट्टी गर्ने र अन्य विविध सहयोगका लागि संस्थागत आर्थिक अभिवृद्धी गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको मञ्चका महासचिव लिबाङले कार्यक्रमको औचित्यको क्रममा प्रष्टाएका थिए ।
प्रथम उपहार–१० ग्राम सुनको सिक्का १ थान, द्धितिय उपहार–लेप्टप १ थान, तृतीय उपहार–३२”को एल इ डी टिभी १ थान र सान्तवना उपहार ५ जनालाई ५थान मोबाइल रहेको सो भाग्यशाली चिठ्ठा कार्यक्रममा प्रथम उपहार विजेता लेक बहादुर सावा कुपन नं.००१०१२, द्धितिय उपहार विजेता विज्ञान राई कुपन नं. ०००६७८, तृतीय उपहार विजेता लक्षु थारु कुपन नं. ००१२१८ रहेकोछ भने, सान्तवना उपहार विजेताहरु क्रमशः राजेन्द्र कटुवाल कुपन नं.०००७०९, भोज बहादुर केसी कुपन नं.००११९९, निर्णय सिंह कुपन नं. ००००७४, बलराम थापा ००१२९० र कृष्ण गुरुङ कुपन नं.००००९२ रहेकाछन ।
विभाग द्धारा आयोजित कार्यक्रमलाई ऐतिहासिक रुपमा भव्य अनि सभ्यताको साथ सफल बनाउन अवहरात्र खट्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दै पहिलो चरणको कार्यक्रमको अनत्यमा विभाग प्रमुख बस्नेतले लैंगिक समान्ताका आवाजहरु नारामा मात्र सिमीत नराखी नारी एकता र शसक्तिकरणको आवश्यकता भएकोले हरेक क्षेत्रमा नारी क्रियाशील रहनु पर्ने बताउदै बर्तमान देशमा उठेका पहिचान,
अधिकार र समान्ताका मुद्दाहरु ति राष्ट्र र राष्ट्रियता विरोधी तत्वहरुले छर्दै गरेको भ्रम भन्दा वास्तावीकता फरक रहेको जिकिर गर्दै उठिरहेका लिम्बुवान, खम्बुवान,खसान का कुरा कुनै एक जाति वा समुदाय विशेषको मुक्तिका लागि मात्र नभई उत्पीडित सम्पुर्ण जाति, भाषि, धार्मिक, वर्ग, लिंग र क्षेत्रको मुक्तिको आन्दोलन भएकोले परिवर्तन र मुत्तीगामी युवाहरु हाम्रो गौवशाली पार्टी सलोराम, लिम्बुवान मञ्च नेपालको मुद्धामा गोलबन्ध हुनुपर्ने आवहान गरेकी थिइन ।
सो दिन दूई चरणको कार्यक्रम भएकोले विभाग द्धारा आयोजित कार्यक्रमको समापन पश्चात सलिसाम कतारको तेश्रो केन्द्रिय बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै समाजका अध्यक्षले भने वर्तमान अवस्थामा हामी परिर्वतनकारी विचारहरुमाथि चौर्तफी प्रहार भई रहेको र केहि विचलीय घुसपैठहरुले संगठनको निति र उद्देश्य माथि अप्रत्यसीत ढंगले गम्भिर रुपमा छुराप्रहार गर्ने काम भई रहेकोले त्यस्ता विचलीयाहरुको अनर्गल प्रचारबाजी प्रति अलमन नभई, हाम्रो मुल मुद्धा र लक्ष्य प्राप्तीका लागि सदा पार्टिको मुलधारमा रहेर कार्य गर्न अनुरोध गरेका थिए ।