मुग्लानी खबर
2 सेप्टेम्बर 2017- शनिबार
इस्लामिकहरुको दोश्रो महान पर्व बक्रीईदको पुनित अवसर पारेर अलखोर स्थित बरुवा स्पोटर्स कम्प्लेक्स खेल मैदानमा ट्राग्स युथ ग्रुपले नेपाली समुदायहरु माझ खुला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरि हिजो १ सेप्टेम्बर 2017 शुक्रबारका दिन भब्य रुपमा उद्घाटन गरेको छ।
ट्रागस युथ ग्रुपका अध्यक्ष प्रविण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बा बिशेष अथीतीहरुमा नेपाली महिला समाज कतारकी सस्थापक अध्यक्ष तथा समाज सेबी रेखा राई, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, ट्राग्स कम्पनीका अप्रेशन मेनेजर जलाह बायुथ थिए।त्यस्तै गरि महिला अथीतीहरुमा सुनुवार सेवा समाज कतारकी द्वतिया उपाध्यक्ष आरोही कर्मोचा, संघिय लिम्बुवान मंच महिला बिभाग कतारकी संयोजक पर्मिला बस्नेत, NRNA NCC महिला बिभाग संयोजक तथा नेपाल प्रवासी तामाङ समाज कतारकी महिला बिभाग प्रमुख संगीता तामाङ र महिला प्रतीनिधीहरुमा कमला श्रेष्ठ, रन्जना क्षेत्री र नेपाल आइडियलको प्रचार प्रसारका लागी टिकट वितरक महिला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अतिथीहरुमा - निर्देशक सुरज तामाङ, किरात याक्थुङ् चुम्लुङ्का महासचिब तथा हुदैगरेको NRNA NCC कतारको चुनाबमा निर्बिरोध विजयी सागर लिम्बु,साँखुवा सेवा समाजका अध्यक्ष् लोक बहादुर राइ, संघिय लिम्बुवान मंच कतारका महासचिब डम्बर मिसक लिम्बु , पत्रकार तथा माईपोखरी अनलाइन पत्रीकाका बरिस्ठ सम्बादाता तिलबिक्रम थेबे, मुग्लानी खबर अनलाइन मिडियाका सम्पादक गणेश क्षेत्री, लालीगुराँस फाउन्डेसनका सदस्य राज रुचाल,संखुवासभा समाज कतारका अध्यक्ष लोक बहादुर राई, नेपाली कलाकेन्द्रका अध्यक्ष तथा नृत्य कोरियोग्राफर जेरी राई,ट्राग्स युथ ग्रुपका प्रमुख सल्लाहाकार सुर्य ग्रुरुङ लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम औपचारिक रुपमा रास्ट्रीय गीतबाट सुरु गरिएको थियो भने नेपाली रास्ट्रीय पोशाकमा सजिएका युवाहरु नेपाली झन्डा र कतारी झन्डा लिएर अगाडी र क्रमबद्ध रुपमा पछाडि कार्यक्रमका प्रमुख अतिथी बिशेष अतिथीहरु लगाएतका ब्यक्तित्वहरु लामबद्ध रुपमा फुटबल ग्राउन्डमा गैइ रिबन काटेको दृश्यले छुट्टै अनुभूति दिलाएको थियो।कार्यक्रमका प्रमुख अथिती बिरेन्द्र कुमार याक्थुम्बा,बिशेष अतिथिहरुमा रेखा राई,प्रेम प्रसाद भट्टराई र तिलबिक्रम थेबेले कार्यक्रम अयोजकको प्रसंशा गर्दै कार्यक्रमको सफलताको अग्रिम सुभकामना ब्यक्त गरेका थिए। ट्राग्स युथ गुरुपले भब्यताको साथ आयोजना गरेको फुटबल खेलको औपचारिक कार्यक्रमको संचालन नगेन्द्र कुमार बिस्वकर्मा पर्टलले गरेका थिए भने ब्यबस्थापन सस्थाका बिशेष सल्लाहकार रोशन तामाङले गरेका थिए।
विभिन्न समयका बाबजुद खेलमा 4/5 टीमले उपस्थिति जनाउन नसके पनि यो खेलमा 32 टीमले सहभागी जनाएको आयोजकले बताएको छ र दर्शक स्रोताहरुको अत्यन्तै उत्साहपुर्ण सहभागी रहेको थियो भने एम्पायरको भूमिकामा क्रमश: जेरी राई, राजु खड्का, सुमन गुरुङ्, बुद्दि गुरुङ् सुरज श्रेष्ठ त्यस्तै लाइन्समेनहरु मा क्रमश: टेकमान गुरुङ् टेक बहादुर लामा, होम श्रेठ, हर्क बस्नेत, अन्जान मगर, बुद्दी राई, मिनबहादुर परियार, अमर थापा र पूर्ण मगर रहने छन।कार्यक्रमको फाइनल खेल मुग्लानी खबर मार्फत लाइभ प्रसारण गरिने सुरज तामाङले जनाएका छन।