राजेश प्रसाईं `बिद्रोही´
साउदी अरबमा अवस्थित एक सप्लाई कम्पनी Alrafga contracting Damam मा १५ महिना देखि अलपत्र पारेको १० नेपाली मध्ये अाज भुपति जैसी लगायत दुई जनाको उद्धार गरिएको छ भने सात जना स्वदेश फर्कि सकेका छन् । काठमान्डौ सामाखुसीमा रहेको कान्तिपुर मेन पावरले अलपत्र पारेको हो ।
बिचल्लीमा परे पछि स्वदेश फर्किन मेनपावरलाई अाग्रह गर्दा उल्टै राजनीतिक शक्तिको धम्की दिएको भन्दै मुग्लानी अन लाईन खबरमा उद्दार गरि स्वदेश फिर्ता गरि दिन अनुनय विनय गरेका थिएँ।
फलामको चिउरा चपाउन संभव त पक्कै पनि छैन । चुनौतीलाई सामना पक्कै पनि गर्दै अगाडि बढ्नु पर्ने हुँदो रहेछ । संसारमा सबै सुखी छैनन् अनि सबै दुःखी पनि छोटो मानव रूपी चोलामा अरूको थोरै खुसीमा धेरै रमाउनु पर्छ । समाजमा छिचिमिरा जत्तिकै संस्था खोलेर सभा हलमा खादा पहिरिदै हिड्नु समाज सेवा पक्कै होइन । समाजमा उद्धाहरिय केही काम गरेर देखाउनु एक असल समाज सेवीको दायित्व हो ।
बिगतमा विवेकसिलका सक्रिय सदस्य तथा समाज सेवी अकल प्रधानको साथमा सेवा नै धर्म हो भन्ने ठानी खाद्य पदार्थ सहित हामी भेट्न पुगेका थियौ । त्यहाँ पुगेर समस्या हेर्दा व्यपारीले कुहिएर फालेका अालु सिला गर्दै खाएर बाँच्न विवश श्वास मात्र बाँकी रहेको प्रष्ट देखिन्थ्यो सायद त्यस्तो दृष्य नयन भरि नाँचिरहँदा कस्को मन रून्न होला र ? उनीहरुको सबै यथार्थ अवस्था बुझेपछि केही राहतको व्यवस्था र उद्दारका लागि निवेदन तयार गरेर महामहिम ज्युलाइ सम्बोधन गरि नेपाली राजदुतावास रियाद साउदी अरब र बोधार्थमा
१, बैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौ
२, भक्त वि.वि. फर ह्युमानिटीमा समेत
इमेल मार्फत निवेदन पठाएका थियौ । १० जनाको दस्तखत सहितको निवेदन पठाउने बित्तिकै नेपालबाट भक्त वि.वि.फर ह्युमानिटीकि अध्यक्ष शारदा भूषाल झा र गिता ढकालको सकृय लगनसिलतामा अाज ३ जनाको समेत टिकट हात परेको छ भने ७ जना नेपाल फर्कि सकेका छन् ।अाज साँझ घर फर्किने तयारीमा रहनु हुने ।
1-भुपती जैशी
2- भरत सरदार
3-जम्रुदीन मिया
हिमालयनको विमान मार्फत दमाम साउदी अरबबाट स्वदेश फर्किदै छन् ।
अन्त्यमा नेपाली राजदुतावास रियादबाट माहामहिम राजदुत तथा स्थानिय कर्मचारी हरि घिमिरे सरहरू प्रति हार्दिक कृतज्ञता व्याक्त गर्दछु । वहाँहरूले अलपत्र नेपालीहरुलाई पुर्याउनु पर्ने दायित्व बोध गर्नु भएको छ । एन अार एनएबाट राजेन्द्र अर्यालले दुतावासको सहकार्यमा पिडितहरूलाई रासनको कमि अाउन दिनु भएन् वहाँ जस्ता माहामानवलाई हृदय देखि नै सलाम गर्न चाँहान्छु । नेपालबाट अहोरात्र खटि रहनु हुने भक्त वि.वि. फर ह्युमानिटीकि अध्यक्ष तथा भ्रष्टचार बिरोधी अभियन्ता शारदा भुषाल झा,गिता ढकाल,मुग्लानी खबर डट कम साउदीबाट अकल प्रधान,सिनामे राजेश र संकर तामाङ्ग सहित सम्पूर्ण सहयोगीहरूमा हृदय देखि नै धन्यवाद दिन चाँहान्छु ।