मुग्लानी खबर
2 सेप्टेमबर 2017
कतारमा स्थापित संस्थाहरुमध्ये एक स्थापित संस्था नेपाल प्रवासी तामाङ समाज कतारको प्रत्यक्ष संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज कतारले म्हेन्दोमाया गीत सङीत तथा तामाङ जातीहरुको धर्म संस्कार र पहिचानलाई बिस्वभरीका नेपालीहरु माझ पुर्याउने उदेश्यले आयोजित प्रथम ऐतिहासिक सांकृतिक कार्यक्रम म्हेन्दोमाया साँझ २०१७ नेपाल बाट आमन्त्रित चर्चित कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड सांकृतिक प्रस्तुतिका साथ यही सेप्टेम्बर १ तारिख शुक्रबार का दिन दोहाको गल्फ प्याराडाइज होटेलको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ ।
भाषा,धर्म,लिपि,संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने नाराका साथ स्थापित भएको संस्थाले औपचारिक रुपमा संचालित गरेको उक्त कार्यक्रमको सभापतित्व म्हेन्दोमाया समाज कतारका अध्यक्ष कान्छाराम तामाङले गरेका थिए भने प्रमुख अथिति कतारका लागि नेपाली राजदूत महामहिम रमेश प्रसाद कोइराला थिए । विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बुद्धिजीवीहरु,समाजसेबीहरु, पत्रकारहरु लगाएतका ब्यक्तित्वहरुको अथितित्व रहेको कार्यक्रममा दिप प्रज्वलन तथा रास्ट्रीय गान बाट शुरु गरिएको थियो भने म्हेन्दोमाया समाज कतारका उपाध्यक्ष गणेश ब्लेन्थेन तामाङले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।
नेपाल आदिवासी जनजाती महासङ्घ कतारका अध्यक्ष देवराज राईले कार्यक्रम सफलताको सुभकामना मन्तब्य दिएका थिए भने मन्तब्यकै क्रममा नेपाल प्रबासी तामाङ समाज कतारका सल्लाहकार कुमार तामाङले तामाङहरुको भाषा भेषभुसा तथा सांकृतिको आफ्नै महत्व भएकोले तामाङ्हरुले लगाउने टोपीको महत्व बताउदै यसलाई बुझेर मात्र लगाउनु पर्ने बताउए बिज्ञान र प्रबिधिको युग भन्दै आफ्नो बास्तबिक पहिचान धर्म सस्कार छोड्दै गएकोमा दुख ब्यक्त गर्दै सबै जातजातिलाई आफ्नो धर्म संस्कार सभ्यतालाई संरक्षण गर्न अनुरोध गरेका थिए । त्यसैगरी नेपाल प्रबासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तथा कार्यक्रमका ब्यबस्थापक थर्च लामाले पनि आफ्नो भेषभुषाको बारेमा प्रस्ट्पारेका थिए ।
अध्यक्ष कान्छाराम तामाङले पहिलो चोटी म्हेन्दोमाया साँझ कार्यक्रम कतारमा गर्न पाउदा खुसि लागेको बताउदै यो कार्यक्रम अबधीभर सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिदै पहिलो चरणको कार्यक्रमलाई समापन गरेका थिए । बिभिन्न ब्यानर सहित सजाईएको मन्चमा पहिलो चरणको कार्यक्रम समाप्ति संगै सुरु भएको दोस्रो सांगीतिक कार्यक्रममा गायक कुमार ओख्रेली र हिमाल लुङाले फ्याफुल्ला फ्याफुल्ला बोलको स्वागत गीत संगै नृत्यकार हरु श्रीचन तामाङ, सन्जिब खाती,टेन्सन तामाङ,राज गुरुङ,पुजा तामाङ,अलिया तामाङ,मनिका तामाङ र रजीना तामाङको आकर्सक नृत्यले उपस्तित दर्सक लाई भरपुर मनोरंजन दिएका थिए भने त्यसैगरी कार्यक्रममा सन्तोष कुवर, सुन्दर तामाङ, सल्मा तामाङ,पासाङ तामाङ,कमल योन्जन लगाएत थुप्रै कलाकारहरुले गीत नृत्य र कमेडीएन कोसेलीहरुबाट दर्शक स्रोताहरुलाई मन्त्रमुग्ध बनाएका थिए।
आयोजक टिमले घोषणा गरे बमोजिम विभिन्न कारणबस चर्चित मोडल, नृत्यङ्गना,नायिका तथा गायिका रुपा एस घले तामाङ र गायक तथा नृत्य निर्देशक राज किङ वाइबा कार्यक्रममा सहभागी हुन नसके पनि अन्य नेपालबाट पाल्नु भएका अतिथि कलाकारहरुले कार्यक्रमलाई रोचक बनाउन कुनै कसुर बाकि राखेनन । म्हेन्दोमाया किङ भनेर चिनिने सागर एस वाइवाले चर्चित गीतहरु माथि माथि लेखमा लगायतका १ दर्जन भन्दा बढी गीत गाउदा कार्यक्रममा उपस्थित दर्सकहरुलाई छमछमी नचाउदै मनोरञ्जन दिएका थिए। अर्का चर्चित म्हेन्दोमाया गायक सुमन घले र चर्चित सेलो गायक विशाल कल्तानले पनि आधा दर्जन गीत प्रस्तुत गर्दा उपस्थित दर्सक लाई थप मनोरंजन मिलेको थियो । कार्यक्रममाहलै भरी ग्रुप( ग्रुप मा काधमा काध जोडेर गोलबद्ध भइ म्हेन्दोमाया नाचेको देख्न सकिन्थ्यो। कार्यक्रम लाई संयोजक धिरेन तामाङ र गुराँस घ्लान तामाङले संचालन गरेको थिए ।