कार्तिक ७ झापा ,कमल / बसन्त राज सुब्बा
झापाको कमल गाउँपालिकामा कार्तिक ६ गते जनता समाजबादी पार्टी नेपाल सम्बद्ध प्रदेश नं १ युवा संगठनको आयोजनामा वडा दशै,दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रदेश युवा अध्यक्ष रोशन लिम्बूको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश न.०१ का सांसद माननीय राधा थापा उपस्थित रहनु भएको थियो भने विशिष्ट अतिथिमा जसपा केन्द्रिय सदस्य विश्वनाथ राजवंशी, सूर्य नारायण गनेस , मोहित लाल कमती , शिव प्रसाद आर्चय , राम बाबु गिरी , प्रेम थाम्सुहाङ , देउकुमार नेम्वाङ , नृत्य नाथ ताजपूरीया , भक्त खेवाङ , धन प्रसाद गुरुङ , शंकर राजवंशी , प्रदेश नं १ पार्टी अध्यक्ष फक्तालूङ योङहाङ रहेका थिए भने अतिथिमा लिम्बुवान राष्ट्रीय समिति प्रदेश १ अध्यक्ष रञ्जन लिम्बू , झापा जिल्ला पार्टी अध्यक्ष दीपेन वाला राई , अनूत राजवंशी , झापा जिल्ला युवा संघका अध्यक्ष हेम राज श्रेष्ठ , उपाध्यक्ष कमल गुरुङ , कमल गाउँपालिका अध्यक्ष प्रेम कुलुङ राई , महेश राजवंशी तथा पत्रकार बसन्त राज सुब्बा लगायत विभिन्न जिल्ला , नगर गाउँपालिका र वार्डका युवा नेता साथै पार्टीको नेताहरुको बाक्लो उपस्थित रहेको थियो।
प्रमुख अतिथि प्रदेश न.०१ का सांसद माननीय राधा थापाले शुभकामना आदनप्रदान तथा कार्यक्रममा प्रदेश युवा संघलाई विशेष धन्यवाद दिदै युवाहरुको यो कार्य निक्कै प्रसंसनिय रहेको र आउदो दिनमा युवाहरुले अझ यस्ता प्रकारको कार्य गर्न आवश्यकता रहेको र युवाहरुको कार्य उत्साह जनक भएको अबको नेतृत्व युवा कै जिम्मेवारी बताउदै बड़ा दशैको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा केंद्रीय, जिल्ला नेताहरुले पार्टीको बारेमा धारणा प्रष्ट पार्दै सबैलाई शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य युवा प्रदेश न.०१ ब.उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए।
उनले आफ्नो कुरा राख्ने क्रममा सम्पुर्ण उपस्थित नेता,कार्यकर्ता र शुभचिन्तकहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै जसपा प्रदेश न.०१ पार्टीका अध्यक्ष फक्तालुङ योङहाङले मन्तब्य राख्ने क्रममा दुई पार्टी दुई बिचार आज एक भएको छ अब जसपा भनेको देशको बैकल्पिक शक्ति मात्र होइन एक नम्बर पार्टी बन्ने विश्वासका साथ अघि बढ़न सबैलाई आग्रह गरे ।
कार्यक्रममा सभापति प्रदेश नं १ युवा अध्यक्ष रोसन लिम्बूले यस कार्यक्रम ऐतिहासिक रहेको र यस कार्यक्रम सफल पुराउन सहयोग साथ कमल गाउँपालिका युवा समितिका देबेन्द्र लिम्बू , मनाङ लिम्बु , सोनिम विर्क , गजु गुरुङ
कृष्ण ठाकुर समेत लगायत सम्पूर्ण युवाहरुलाई स धन्यवाद व्यक्त गर्दै सम्पूर्ण उपस्थित रहनु हुने युवा नेता ,पार्टीका नेताहरुमा दशै,दिपावली तथा छठको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रम संचालन अबिन मेनाङम्बोले गरेका थिए ।