इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
चेन्नईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानका लागि जस बटलरले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ७० रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभेन स्मिथले २६ रन बनाएका थिए । त्यस्तै बेन स्टोकले १९, रोबिन उथप्पाले ४ र सन्जु सामसन शुन्यमा आउट भएका थिए ।
चेन्नईका बलर दिपक चहरले २ विकेट लिएका थिए भने जोस हजेलवूडले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले २८ रन बनाएका थिए भने साम कुरानले २२, फाफ डुप्लेसिसले १०, शेन वाटशनले ८, अम्बाती रायडूले १३ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले अविजित ३५ रन बनाए भने केदार जादभले अविजित ४ रन बनाए ।
राजस्थानका बलर जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल र राहुल तेबातियाले एक एक विकेट लिएका थिए ।
यो जितसँगै राजस्थान रोयल्सले १० खेलमा चौथो जित हासिल गरेको छ । त्यस्तै चेन्नईले भने १० खेलमा ७ खेलमा हार बेहोरेको छ । अब चेन्नईको प्लेअफमा पुग्ने सम्भावना पनि कम देखिएको छ ।