मुग्लानी खबर
डम्बर मिसेक दोहा कतार -26 अगस्ट 2017
दोहा,25 अगस्ट 2017 का दिन दोहा स्थित ग्रेन्ड प्लाजामा संघिय लिम्बुवान सामाजिक मन्च कतार अन्तर्गत महिला बिभाग सलिसाम कतारले सुश्री प्रमिला बस्नेतको संयोजकत्वमा सल्लाहकार सहित दस सदसिय महिला बिभाग रहनेगरी पुनर्गठन गरिएको छ।उक्त बिभागले सदस्यहरुलाइ कामकार्य गर्न गराउन सहजीकरणको लागि निमननुसार कार्यबिभाजन समेत गरिएको खबर छ।
१,संयोजक- प्रमिला बस्नेत २,सह-सम्योजक-राम कुमारी आठपहरिया ३,सचिब- मनिता लिम्बू ४,कोषाध्यक्ष-चम्पा कुरुम्बाङ ५,सदस्य-हरिमाया फागो ६,सदस्य-सकुन्तला आङ्देम्बे ७,सदस्य -भिम माया तामाङ ८,सल्लाहकार-रेखा राई ९,सल्लाहकार-सीता गुरुङ १०,सल्लाहकार-बिस्णु ताम्लिङ रहनु भएको छ।
उहाहरुले आत्मासाथ गर्दै भन्नू भएको छ। खासगरेर आदिवासी जनजातीहरुको हक्काधिकार राज्यले दुई सय चालिस बर्षदेखि कुण्ठित गर्दैआइरहेको छ। अहिलेपनी महिला हत्या हिंसा बलत्कार चेलीबेटी बेचबिखन जस्ता जघन्य अपराध गतीबिधीहरु नेपाली महिलाहरुले खेप्दै आएका र त्यस्प्रती राज्य खासै गम्भीर नभएको हुदा सरकारलाई कडा दबाब दिदै मधेसी, सिमान्तकृत उपेक्षित अल्पसंखितहरु सबैलाई समानता र लिम्बुवान, मगरात नेवा, थारु, तमसालिङहरु लागायतको हक अधिकार र पहिचानलाई स्थापित संगसंगै राज्यको हरेक निकायहरुमा समानुपातिक र समाबेशी राज्यको चरित्र बनाउनको लागि पुरुष मात्र नभएर अब आधा आकाश ओगटने महिलाहरु पनि सकृयताको साथ एक भएर सामाजिक अभ्यानमा उत्रिनु पर्ने र एक भएर जोडदार आवाज उठाउदै लड्नुपर्छ भन्ने धाराणा सबैले ब्यक्त गरेका थिए।
अन्त्यमा महिला बिभाग प्रमुख प्रमिला बस्नेतले भर्खरै मात्र नेपालको तराई भागमा गएको बाडी पिडितहरुलाई सहयोगार्थ स्वरूप यो आउने इदको दोस्रोदिन भाग्यशाली चिट्ठा उडाउने जानकारी गराउदै सहयोगिमानहरुलाई चिट्ठा लिदिनु हुन हार्दिक आवहान समेत गरेकी थिइन ।