अन्तरास्ट्रिय नेपाली साहित्य समाज द्वारा "अनेसास शिखर पुरस्कार" को घोषणा गरेको छ
सन १ मार्च १९९८ मा कतार प्रवेश गरि नेपाली साहित्य र समाजका लागि प्रवासबाट अतुलनीय योगदान पुर्याएका स्वर्गीय शिखर बैध को सम्मानमा अनेसास कतारले सो पुरस्कार को घोषणा गरेको हो।
उत्त पुरस्कार प्रवासमा रहि नेपाली साहित्यमा योगदान पुर्याउने नेपाली साहित्यकार हरुलाई स्वर्गीय बैधको जन्मदिनको अवशर पारी हरेक बर्ष तामापत्र र नेपाली रुपैयाँ ३३,३३३/- नगद द्वारा पुरस्कृत गरिने बोर्ड अफ ट्रष्टी का तिर्थ संगम राइले आज पत्रकार सम्मेलनमा बताएका हुन।
पत्रकार सम्मेलनमा कतारमा स्थापित विभिन्न बैचारिक एवं सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु उपस्थिति रहेका थिए!
अनेसास शिखर पुरस्कार समितिमा बोर्ड अफ ट्रष्टी मा तिर्थ संगम राई, सबिता बैध, सिताराम थापा रहेका छन भने, पुरस्कृत समितिमा संयोजक प्रेम प्रसाद भट्टराई , सदस्य सचिब लेख कार्की, कोषाध्यक्ष माया केसि र सदस्य हरुमा श्याम रानाभाट, मनि पौड्याल, दिलिप पराजुली, चक्र कार्की रहेकाछन। यसैगरी सल्लाहकार मा दिपक भेटवाल , करिम बक्स मिया, बिल गुरुङ रहेका कुरा बोर्ड अफ ट्रष्टि का थापाले बताएका हुन।