हरेक बर्ष नेपाल लगाएत बिश्व समुदायले अक्टोबर १३ तारीखका दिन अथवा आजकै दिन बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने प्रचलन रहेको छ।
यो बर्ष विभिन्न संघ,संस्था लगाएत भौतिक रुपमै उपस्थित भएर सभा सम्मेलन,गोष्टि,र्याली जस्ता कार्यक्रम गर्न नसकिएपनी विभिन्न सामाजिक संजाल,अनलाईन मार्फत सुसुचित र प्राकृतिक बिपत्तिको जोखिमबाट वच्न के कस्ता किसिमका उपायहरु अबलम्बन गर्न सकिन्छ त्यस्का बारेमा कार्यक्रमहरु भैइरहेका छन। सन् १९८९ को राष्ट्रसंघ को साधारणसभाले प्राकृतिक विपत्ति बिरूद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो ।
दिवसको अवसरमा विभिन्न सरोकारवाला संघसंस्थाहरूले विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । आजको दिवसले सन् २०३० सम्ममा प्राकृतिक प्रकोपका पीडीतहरूको सङ्ख्या कम गर्ने लक्ष्य लिएको छ ।
दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले पनि प्रकोपको बारेमा राष्ट्र तथा समुदायमा पूर्व तयारी संरचना माथिको पहुच बढाउन, पिडितहरूको संरक्षणका लागि विशेष आह्वान गर्ने योजना रहेको बताएको छ ।
पृथ्वीमा मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तनले प्राकृतिक प्रकोपको जोखिममा वृद्धि भएको छ ।मानव बिकास सङै प्राकृतिक श्रोत साधनको प्रयोगमा दीर्घकालीन सोच नहुँदा प्राकृतिक बिपत्तिको वृद्धिमा दिनानुदिन वृद्धि हुँदै आएको छ।जस्को फलस्वरुप ठूलो धनजन साथै मानबिय क्षती समेत ब्यहोर्नु परेको छ।उदाहरणका रुपमा यस बर्ष सिन्धुपाल्चोक, बाग्लुङ र म्याग्दिको पहिरोलाई समेत लिन सकिन्छ।प्राकृतिक बिपत्तिलाई रोक्न सकिँदैन तर जोखिमलाई न्यूनीकरण गर्न भने पक्कै सकिन्छ।
यदि यो प्राकृतिक बिपत्तिलाई न्यूनीकरण गर्न र जोखिमबाट कसरी बच्ने भन्ने बिषयमा रचनात्मक रुपमा तालिम ,प्रशिक्षण सङै सुसुचित नगर्ने हो भने दिन प्रतिदिन झन भयानक अबस्थाको सामना गर्नुपर्ने छ।