नेपाल प्रवासी तामाङ समाज कतारद्वारा अज्ञात रोगबाट पीडित रेनुका गोले तामाङलाई आर्थिक सहयोग गरेको छ ।
धादिङ जिल्ला खनियाबाँस गाउँपालीका वडा नं ५ निवासी तथा नेपाल प्रबासी तामाङ समाज कतारका पुर्व केन्द्रिय सदस्य बिनोद गोले तामाङकी छोरी सुश्री रेनुका गोले तामाङको नाक, मुख, आँखा र कानबाट रगत बग्ने अज्ञात रोगबाट ग्रसित भई हाल काठमाडौको विभिन्न हस्पिटलहरुमा उपचाररत गराउदै आएकी छ्न ।
उपचारको लागि आर्थिक रकम आवस्यक परेको हुँदा थप उपचारमा केही टेवा पुगोस् भन्ने हेतुले नेपाल प्रबासी तामाङ समाज कतारको पहलमा संकलित ने. रु. ८८,९७३/- २०७७ असोज २४ गते शनिबारका दिन "तामाङ समाज नेपाल" को समन्वयमा बौद्ध स्थित छिमेकी क्याफेमा एक कार्यक्रमको आयोजना गरि स्वयं बिमारी रेनु गोले र उहाँको परिवार हातमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
यसै बिच सहयोगार्थ संकलित रकम हस्तान्तरणको लागि कार्यक्रम भईरहदा सामाजिक संजालबाट प्रत्यक्ष प्रसारण भईरहेको लाइभ हेर्दाहेर्दै हाल जापानमा बसोबास गर्दै आउनु भएका मनका धनी तथा समाजसेवी ब्याक्तित्व टासी इलावा शेर्पा (Tashi Elawa Sherpa)ले नेपालमा आफ्नो श्रीमतीलाई फोन गरि तत्काल ने. रु. १०,०००/- ( दस हजार) दिनु भनिएको र सोही अनुसार कार्यक्रम स्थलमा पुर्याउन आउनु भएकोले हिजो नै उक्त रकम पनि पिडितको हातमा हस्तान्तरण गरिएको छ।
नेपाल प्रबासी तामाङ समाज कतारको अनुरोधलाई सहर्ष मनन गर्दै आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नु हुने साथै समन्वय, सहजीकरणको भुमिका निभाउदै हस्तान्तरण कार्यक्रम सम्म ठुलो सहयोग गर्ने तामाङ समाज नेपालका टिमलाई र प्रचारप्रसार सहयोग पुर्याउने विभिन्न मिडिया तथा मिडियामा आवद्ध रहने सम्पुर्ण पत्रकारलाइ पनि विशेष धन्यवाद प्रकट गरेको समाज कतारले जानाकारी गराएको छ ।