जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा आउंदै गरेको नेपाली चाडपर्वहरुको अग्रिम शुभकामना आदनप्रदान जुम अनलाइन भर्चुअल कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा सांसद लिला सिटौलाको प्रमुख आथित्यमा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च , नेपालका केन्द्रिय सचिब विष्णु भट्टराईको विशिस्ट आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।
नेपालमा बसोबास गर्ने विभिन्न जात जातिका आउदै गरेका राष्ट्रिय चार्डपर्वहरु (बडादशै,म्व:नि नख:,तिहार, स्वन्ति नख:, न्हू दँ भिंन्तुना,नेपाल संवत्, बलिहाङ तङ्नाम र छट पर्व,एलेतङबे ५०८०,बलिहाङ तङनाम,चासोक ताङनाम, माघेसंक्रान्ति, उधौलि पर्व, उभौली पर्व, तमु लोछार, सोनाम लोछार,ग्याल्पो लोसारको) अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम हुन लागेको हो ।
,”सबै नेपालीको पहिचान,हाम्रो सम्मान”भन्ने मुख्य नाराका साथ आम नेपालीहरु विचको विविधतामा एकता, भाइचारा,सामाजिक सदभाव र धार्मिक सहिष्णुतालाई कायम गरि सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य र उदेश्यले विगत ईस्वि सम्बत २०१७ देखि शुभारम्भ गरिएको कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ ।
इजरायलवासी आम प्रवासी नेपाली तथा गैरआवासीय नेपालिहरुलाई निम्तो गरि सबै नेपाली राष्ट्रिय चार्डपर्वहरुको अग्रिम शुभकामना आदान-प्रदान (चिया जलपान सहित) कार्यक्रम गर्दै आएको र यो बर्ष भने कोभिड-१९ का कारण प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ भएकोले जुम भर्चुअलको माध्यमबाट मिति विक्रम सम्बत २०७७ साल कार्तिक २ गते, ईस्वि सम्बत २०२० अक्टुबर १८ तारिक नेपाल सम्बत ११४० कौला २ आइतबार नेपाली समय ४:४५ बजे र स्थानीय इजरायली समय २:०० बजे दिउँसो कार्यक्रम गर्ने भएको छ।