अछाम जिल्लाको रामारोशन गाउँपालिका अन्तर्गत गेरहाताल,आणेखाँद र सोर्णा लगायतका ठाउँहरूमा मिति २०७७/०५/०२ गते गएको विनासकारी भिषण पहिरोले क्षति पुर्याएका २२ घरको भक्त वि.वि फर ह्यूमानिटीले पुन: घर निर्माण गरि सहयोग गर्ने सम्झौता गरेको छ ।
मिति २०७७।०५।०२ गते राति अछाम जिल्लाको रामारोशन गाउँपालिका अन्तर्गतका गेराहाताल, आणेखाँद, सोर्णा लगायतका ठाउँहरुमा गएको भिषण विनासकारी बाढी पहिरोका कारण वडा नं.५ को सैनी बजार पूर्ण रुपमा बगाई ठूलो जनधनको क्षति भएको थियो । साथै कैलास किनारमा अवस्थित खालबजार, पुलबजार, मुजाबजार र गजडबजारमा समेत ठूलो भौतिक एवम् पशु चौपायाको क्षति गर्नुका साथै कैलास किनारका सम्पूर्ण उर्वरा युक्त धान खेती योग्य भूमि पूर्ण रुपमा बगाई बगरमा परिणत गरेको छ । हालसम्मकै ठूलो र अकल्पनिय विनासकारी बाढी पहिरोका कारण २२ घर क्षती भएका छन् ।
उक्त क्षति भएका घरहरुको पूनर्निमाणका कार्यमा
सहयोग गर्ने भनि रामारोशन गाउँपालिका संग भक्त वि.वि.फर ह्युमानिटी केन्द्रिय कार्यालय काठमाडौंले सम्पर्क गरी २२ घर निर्माणको प्रस्ताव गरेको थियो । यस विषयमै केन्द्रित रहेर विनासकारी बाढीपहिरोले घरबारबिहिन हुन पुगेका मध्ये २२ घर निमार्णका लागि सहजीकरणका लागि अनुमति दिने भन्दै रामारोशन गाउँपालिकाले २०७७।०५।२९ मा बैठक बसी एकिकृत बस्ती निमार्ण गर्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयमा २२ घरबार बिहिनको निवेदन समावेश गरी भक्त वि.वि.फर ह्युमानिटीलाई पठाएको थियो । मिति २०७७।०६।२० गतेका दिन उक्त गाउँपालिका र भक्त वि.वि. फर ह्युमानिटी बिच एकिकृत वस्ती (२२ घर) निर्माण गर्ने विषयमा समझदारी करार सम्झौता भएको छ ।
सो करार सम्झौतामा रामारोशन गाउँपालिकाको तर्फ बाट निमित्त प्रमुख राम बहादुर भण्डारी प्रथम पक्ष र भक्त वि.वि.फर ह्युमानिटीको तर्फबाट अख्तियार प्राप्त शारदा भुसाल (झा) हुनुहुन्छ । उहाँहरु दुवै विच आजै सम्झौता करार भएको हो । सम्झौता समझदारी पत्रमा लेखिएको छ ।
रामारोशन गाउँपालिको कार्यालय शान्तडा अछाम तथा भक्त वि.वि. फर ह्युमानिटी बीचमा भएको समझदारीपत्रमा यस्तो लेखिएको छ ।
लिखितम अछाम जिल्ला, रामारोशन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शान्तडाको तर्फबाट राम बहादुर भण्डारी (यसपछि प्रथम पक्ष भनिएको) तथा का.जि.का.म.पा.वडा नं. ३१ नयाँ बानेश्वर, मिनभवन काठमाडौं स्थित भक्त वि.वि.फर ह्युमानिटी –मुनाफा वितरण नगर्ने क. दर्ता नं. २३८१०० को तर्फबाट अख्तिायरप्राप्त शारदा भुसाल (झा) (यसपछि द्धितिय पक्ष भनिएको) का बीच अछाम जिल्लाको रामारोशन गाउँपालिकामा यहि मिति २०७७÷०५÷०२ गतेको विनासकारी बाढी पहिरोका कारण घरबास गुमाएका श्रोत विहिन परिवारहरुको नयाँ घर निर्माणमा सहयोग पु¥याउने हाम्रो कार्यक्रम अनुसार त्यस गा.पा. अन्तर्गत सुरक्षित स्थानमा जग्गा उपलब्ध गराई यस पवित्र कामको थालनीमा सहयोग र समन्वय गरी एकिकृति बस्ती निमार्ण गर्नका लागि दुवै पक्षको आपसी समझदारीमा तपशिल बमोजिमको शर्तनामा अनुसार मुलुकी देवानी संहिता २०७४ बमोजिम करार गरी यस करारनामामा उल्लेख भएका शर्तहरुको असल नियतले पालना गर्ने प्रण गर्दै समझदारीपत्र दुई प्रति तयार गरि सहिछाप गरि एक–एक प्रति लियौ दियौं ।
शर्त तथा बन्देजहरु
प्रथम पक्षले पालना गर्नुपर्ने शर्तहरुः
१. एकिकृत बस्ती (२२ घर) निर्माणका लागि सुरक्षित स्थानको जग्गा, ट्रेस नक्शा र फिल्ड फोटो उपलब्ध गर्नु पर्नेछ ।
२. बाढिपहिरोका कारण घरबार विहिन भएका व्यक्तिहरुको (२२ घर) एकिकृत बस्ती निर्माण गर्न अनुमति प्र्रदान गर्नु पर्नेछ ।
३. निर्माण हुने घरहरुको नक्शा पास सम्बन्धि कानूनी पक्रियामा पूर्ण सहयोग गर्नु पर्नेछ ।
४. एकिकृत बस्ती निर्माणका क्रममा आइपर्ने आवश्यक सरसहयोग गरिदिनु पर्नेछ ।
५. निर्माण सामाग्री, निर्माण स्थल सम्म पु¥याउन साधनको अनुमति पास उपलब्ध गराइदिनु पर्नेछ ।
६. राजनीतिक तथा अन्य सामाजिक समस्या आइपरेको खण्डमा सो को समाधान एवम् शान्ति सुरक्षाको व्यवस्था गर्नु पर्नेछ ।
७. विभिन्न किसिमका चन्दा दान तथा अन्य कुराको अनावश्यक दबाब आएमा जवाफदेही हुनु पर्नेछ र सो समस्याको समाधान गर्नु पर्नेछ ।
८. घर निर्माणसंग सम्बन्धित आवश्यक छलफल र परामर्श गर्न सक्नेछ । तर कुनैपनि दबाब दिएर हस्तक्षेप गर्न पाउने छैन ।
९. एकिकृत बस्ती निर्माणका लागि खटिई जानु हुने टोलीले खर्च व्यहोर्ने गरी आवश्यक सहयोग (जस्तैः गास, बास, कपासको) व्यवस्था गर्नु पर्नेछ ।
१०. २२ घर परिवारबाट श्रमदान गर्ने अवस्थाका लागि पहल गर्नुपर्नेछ ।
११. द्धितिय पक्षको रोहवरमा रहि २२ घर परिवारलाई प्रथम पक्ष्यले हक हस्तान्तरण गर्नेछ ।
द्धितिय पक्षले पालना गर्नुपर्ने शर्तहरुः
१. एकिकृत बस्ती (२२ घर) निर्माणका लागि आवश्यक पर्ने नक्शा, डिजाइन र लागत अनुमान तयार गर्नेछ ।
२. बस्ति निर्माणमा लाग्ने निर्माण सामाग्री, सिपालु, ज्यामी, प्राविधिक, तथा सुपरभिजन र जाँचपास आदीको खर्च व्यहोर्दै जिम्मेवारी लिनेछ ।
३. करार भएको मितिले २ वर्ष भित्रमा घर निर्माण गरी प्रथम पक्षलाई हक हस्तान्तरण गर्नेछ ।
४. यस समझदारी पत्रमा उल्लेख भएका विषय वस्तु यसै बमोजिम र यसमा उल्लेख नभएका विषय वस्तु आपसी सहमतिमा दुवै पक्षको मंजुरीले पछि थप घट गर्न सकिने छ ।
५. कारण बस् कुनै वादविवाद भएमा दुवै पक्षको आपसी समझदारीबाट समाधान गर्न सकिनेछ ।