राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक १३ औ माङ्तोक स्मृति दिवसको अवसरमा इलामको चुलाचुलीमा शालिक अनावरण गरिएको छ ।
प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा प्रथम लिम्बुवान शहीद माङतोक शालिकको अनावरण भएको छ ।
प्रमुख अतिथि लिङ्देनले लिम्बुवान आन्दोलनको क्रममा ऐतिहासिक पहिलो संविधानसभाको चुनाव पूर्णसमानुपातिक प्रणालीद्वारा गरिनु पर्छ, पूर्व नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य स्थापना गरिनु पर्ने माग राखी गरिएको आन्दोलनको क्रममा ९० घण्टा लामो कर्फूको क्रममा गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताएका छन् ।
संघीयता भनेको नै पहिचानको आधारमा हुन्छ त्यो प्रश्न गर्नुको कुनै अर्थ नभएको वताउनु हुँदै विभिन्न बस्तुहरुको उदाहरण दिदै लिङ्देनले संघीयतामा जाने फेरि पहिचानलाई रोक्ने भनेको त्यहाँ ठूलो विद्रोह हुन्छ, हामी जनतालाई दुःख दिन चाहादैनौं बरु सदनमा गएर सभामूख या प्रधानमन्त्रीलाई कुर्सी हान्ने बताए ।
अध्यक्ष लिङ्देनले अबको संघको चुनावमा कम्तिमा चालीसपचास जनाभन्दा धेरै संसद पठाउने गरी ७७ वटै जिल्लामा मञ्चलाई पु¥याउने लक्ष्य रहेको बताए ।शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानको पहलमा २०७४ सालमा नै माङ्तोकको शालिक बनाउने भनी शहिद माङ्तोक शालिक निर्माण समिति निर्माण गरेको थियो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शालिक निर्माणमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । शालिक निर्माण गर्नु र राष्ट्रिय शहिद प्राप्त गर्नु यो साधारण कुरा होईन कसैले नचाहँदा नचाहँदै शहिद हुनु शहिद भनेको परिवर्तनको निमित्त, राष्ट्रियता प्राप्तिको निमित्त जिवन बलिदानी गर्नु नै शहिद बन्नु भएको हुँदा शहिद माङ्तोक मनिलको सपना पुरा गर्ने अठोटका साथ प्रतिष्ठान स्थापना भएको गुरुङ्ले बताए ।
त्यसैगरी कमल गा. पा वार्ड ३ स्थित सानो केर्खाको जग्गामा माङतोक समाधिस्थल खाली जग्गामा “राष्ट्रिय शहिद माङ्तोक मनिल स्मृति पार्क”को बोर्ड मञ्चका अध्यक्ष र बरिष्ठ उपाध्यक्षज्यूहरुको हातबाट बोर्डको उद्घाटन समेत गरिएको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले बताए । शालिक निर्माण समितिको पहलमा विभिन्न व्यक्तिहरुबाट करिब १४ लाख रकम संकलन गरी उक्त शालिक निर्माण गरिएको हो ।
त्यस्तै कमल सानो केर्खा ’माङ्तोक’ समाधीस्थलमा शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानकाे अायाेजनामा लिम्बुवान पार्टीका केंद्रीय नेता , केंद्रीय कमाण्डर , जिल्ला , नगर लगायत कार्यक्रताहरु बाकुलो उपस्थिति रहेको थियो ।
आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ’माङ्तोक’को समाधीमा मौनधारण गरी श्रद्धाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भएको थियो । शहीद स्मृति दिवस असोज २० दिन संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति, ताप्लेजुङ्, पान्थर, इलाम, झापा, सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा १३अाै स्मृति सभा मनाएको जनाएको छ ।