मुग्लानी खबर
20 अगस्ट 2017 आइतबार
तामाङ समुदायमा चर्चाको शिखरमा रहेकी गंगाजमुन गाउपालिका ३ गुम्दी धादिङका गायिका मिना लामा तामाङ नेपाली सांगीतिक फाँटमा स्थापित नाम हो । तामाङ समुदायको लोकप्रिय म्हेन्दोमाया गीत गायनबाट सांगीतिक धरातलमा पाइला टेकेकी सुमधुर स्वरकी धनि गायिका मिना लामाले म्हेन्दोमाया,तामाङ सेलो,तीजमा गरि 5-6 दर्जन भन्दा बढी गीतमा स्वर दिएर गायिकाको छवि बनाइ सकेकी छिन् । पछिल्लो समयमा देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुका लागि रोजाईमा पर्ने गायिकाहरु मध्येकी एक गायिका मिना लामा तामाङसँग मुग्लानी खबर अनलाईद्वारा गरिएको सांगीतिक भलाकुसारी ।
नामस्कार यहाँलाई हाम्रो मुग्लानी खबर डटकममा स्वागत छ
नमस्कार धन्यबाद मुग्लानी खवर डटकमलाई!
सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
सांगीतिक क्षेत्रमा मेलापात मा अनि रेडियो कार्यक्रम मा दोहोरी गाउदै पछि म्हेन्दो माया पाटोला म्हेन्दो नामक एलबम् सं संगै यस् क्षेत्रमा प्रवेश भए!
तपाईको बिचरमा कलाकारीता भनेको के हो ?
मेरो बिचारमा कलाकारिता भनेको फूल भित्रको पनि एक आकर्षक फूल हो जस्लाई सबैले माया गर्छन् र जस्मा सबैको आँखा पर्छ!
कलाकारीता क्षेत्रमा लागेरा के पाउँनु भयो र के गुमाउनु भयो ?
कलाकारितामा लागेर तेस्तो गुमाए जस्तो त केहि पनि लाग्दैन पाको चहि छु दर्शक को माया यसैमा खुसी छु!
आज भोली के मा ब्यस्त हुनुहुन्छ ?
हजुर गीत लेख्ने लय बनाउने गाउने यसैमा ब्यस्त छु!
काम र दाममा कतिको सन्तुष्ट हुनुहुन्छ ?
काम दाम दुबैमा सन्तुस्टि नै छु!
अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
अहिले सम्मा 5-6 दर्जन जति गाए होला !
आफूले गाएको गीतमा सबैभन्दा बढी मन परेको गीत ?
तामाङ ला जमे ङ नम्साला छमे ङ!
तपाईंलाई चिनाउने गीत कुन हो ?
पाटोला म्हेन्दो सर्नेम होइ!
गायन क्षेत्रबाट कति कमाउनुभयो ?
हहह धेरै कमाए दर्शक को माया अनि मिना लामा भन्ने नाम कमाए!
पारिश्रमिक चित्त नबुझेर गाउन अस्वीकार गर्नुहुन्छ कि गर्नु हुन्न ?
तेस्तो सम्झन छैन चित्त बुझाएरै दिनुहुन्छ र चित्त बुझेरै काम गरिरको छु!
वैवाहिक जीवन कस्तो चल्दैछ ?
एकदम राम्रो सोँचे भन्दा पनि राम्रो किन कि हामी एक अर्कलाई राम्रो संग बुज्छाैँ!
अविष्मरणीय क्षण ?
पहिलो स्टेज प्रोग्राम बाट रु १०००० पारिस्रमिक पाउदा!
म्हेन्दोमाया गीतबाट आउनुभएको गायिका म्हेन्दोमायामा अहिले विकृति आयो भनिन्छ नि ?
हजुर यस् लाई बिगृति भन्दा पनि समयको माग होकि जस्तो लाग्छ मलाई तर समयको माग भन्दैमा भोलि समाजमा पच्नै नसक्ने शब्द हरु चहि कोहि कसैले नलेखिदियोस भन्न चाहन्छु डान्सिङ बिड कै गीत भए पनि आफ्नो संस्कृति झल्किने शब्द हुनु पर्छ मेरो बुझाई मा!
नयाँ आउने प्रतिभालाई के भन्नुहुन्छ ?
नयाँ आउने प्रतिभालाई सिकेर आउनुहोला बुझेर आउनुहोला भन्न चाहन्छु !
बिदेशको कार्यक्रमहरुमा आफ्नो कला देखाउनु जानु भएको छ ?
हजुर गाको छु !
कलाकारीता क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
रेडियोमा गीत बज्ने कार्यक्रम हरु एकदम धेरै सुन्थे यसै बाट म प्रेरित भको हो!
भविश्यमा के बन्ने योजना छ ?
असल गायिका समाज सेवि!
नेपालमा संगित क्षेत्रबाट जिन्दागी चलउना सकिन्छ ?
हजुर चलाई रको छु सकि रकै छ!
यहाँ सम्म आउनुको श्रेय कस्लाई दिनुहुन्छ ?
मेरो आमा बाबा र म आफै!
अन्त्यमा मुग्लानी खबर डटकम मार्फत सम्पूर्ण दर्सक श्रोताहरुलाई के भन्न चाहानुहुन्छ ?
ल्हास्साे नमस्कार तपाईं दर्शक स्रोत मेरो भगवा सरह हुनुहुन्छ यहाहरुको माया साथ ले नै म आज यो स्थानमा छु सधै यसै गरि माया गरिदिनु होला भन्न चाहन्छु !
भिडियोहरु
https://www.youtube.com/watch?v=G-2KQKG7Um4
https://www.youtube.com/watch?v=SR-Zco1yyhY
https://www.youtube.com/watch?v=lFYaTQmeqWY
https://www.youtube.com/watch?v=yXNU6lFvG0I
https://www.youtube.com/watch?v=wvciY_Z66kw
https://www.youtube.com/watch?v=1-cIpuEhyQ4
https://www.youtube.com/watch?v=l8cT7nOyUz8