जनजागरण आमा समूहले ढोरपाटन नगरपालिकाका बाढि तथा पहिरो पीडितहरुलाई राहत सहयोग गरेको छ ।
प्राकृतिक बिपत्तिलाई केन्द्रित गरि स्थापना गरेको जनजागरण आमा समूह बिपत कोष मार्फत समूहका सल्लाहकार देवी थापाको संयोजकत्वमा पोखराबाट गएको टोलीले स्थलगत रुपमा उनीहरुका समस्या बुझेर बिपतको समयमा मल्हम लगाउने उद्देश्यले राहत प्रदान गरेको हो |
बाढिमा परी मृत्यू भएका मृतकका परिवार एवं बाढि प्रभावितहरुलाई साठि हजार बराबरको लत्ताकपडा, खाध्यान्न सामाग्री र र बस्ती निर्माण अभियानमा सघाउनका लागि तिस हजार रुपैया नगद ढोरपाटनका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेको संयोजक देवी थापाले बताउनुभयो ।
मेयर नेपालीले आफ्नो क्षेत्रमा परेको बिपतको समयमा समूहले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै बिषम परिस्थीतीमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
राहत संकलन अभियानमा जुट्नुभएका नेपाली कांग्रेस बाग्लुङ्गंका क्षेत्रीय सभापती द्रोर्ण कुमार कुँवरले पहिरोको पिडामा मातृशक्तिको सहयोगले ठूलो राहत पुगेको बताउँदै प्रशंसनिय कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
स्थानिय स्तरमा संयोजन गर्नुभएका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्तिमगरले बाढि र पहिरोका कारण निम्तिीएको समस्यालाई समाधान गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बिचार व्यक्त गर्नुभयो ।
समूहका सदस्यहरु अन्जु क्षेत्री र पबित्रा पोख्रेल लगायतले बाढिपिडितहरुको आँगनमा पुगेर सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको अनुभव बाड्नुभयो ।
सोहि दिन नै जनजागरण आमा समूहले पोखराको छोरेपाटनमा अवस्थित मानव आश्रममा समूहका अध्यक्ष नन्द गुरुगंको नेतृत्वमा रु सत्ताईस हजार बराबरको खाध्यान्न सामाग्री बितरण गरेको हो । प्राकृतिक बिपती र मानव जिवनको उत्थानका लागी समूहले यस्ता कार्यहरुलाई निरन्तरता दिदै आएको अध्यक्ष गुरुगंले जानकारी दिनुभयो ।