गोकर्णेश्वर नगरपालिका वडा नं १ मा संचलित नव बिहानी कृषि सहकारी चौथो साधारण सभा सम्पन्न भएको छ।उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले आयोजकलाइ धन्यवाद सहित अहिले कृषिमा आत्मनिर्भर हुनु जरुरी रहेको बताए।
विदेशबाट ज्ञान हाँसिल गरेर आएका उद्यमशील व्याक्तिहरूको रोजाइमा कृषि नै परेको बताउदै उनले पहिला पढेलेखेकाहरूले जागिर खानुपर्छ कृषिमा अल्झिनु हुँदैन भन्ने भनाइ थियो, भने हाल त्यो कुरा पूरै परिवर्तन भएको बताए।
कोरोनाका कारण विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किएका विशेषत युवा समुदायको ज्ञान र सिपको उपयोग गर्दै स्वरोजगारको लागि कृषि कार्यमा सहभागी गराउन सकेमा सम्भावित खाद्य असुरक्षा र भोकमरीबाट देशलाई बचाउन सकिने उनले बताए ।मानिसले हरेक दिन खाने खाना कृषिमा नै निर्भर रहेको भन्दै बिहान बेलुका खाने खाध्य बस्तुकिन्न बजार जादा पनि कोभिड सर्ला भन्ने डर भएको हुँदा यदि आफैले उत्पादन गरेको भए त्यो त्रास बाट मुक्त पनि हुने र आफैले उब्जाएको अर्ग्यानिक खाना पनि पाइने उनले बताए ।
भारतबाट आयात हुने तरकारी विषाक्त रहेको बिभिन्न संचार माध्यममा आएको बताउदै त्यसलाई निरुत्साहित गर्न पनि कृषि क्षेत्रको उत्पादन बढाउन जरुरि रहेको हुँदा गोकर्णेश्वर नगरपालिकाले कृषिको लागि धेरै बजेट बिनियोजन गरेको बताए । नगरपालिकाले सामुहिक कृषि खेतिको लागि चाहिने आवश्यक उपकरण तालिम, औजार बिउ बिजन लगायतको सामग्रीमा सहयोग गरिरहेको जानकारी गराउदै धेरैले कौशी खेति पनि शुरु गरेको उनले बताए ।
उनले गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ ३ र ४ कृषिको लागि उपयुक्त रहेक हुँदा नगरपालिकाले सो क्षेत्रलाइ केन्द्रित गरि धेरै अनुदानको कार्यक्रमहरु पनि ल्याएको जानकारी गराए। उनले नेपाल कृषि प्रधान देश भनेर बोल्ने गरेको भए पनि कृषिमा पछाडी नै रहेको बताउदै धेरै समस्या बिउमा रहेको बताए ।
आयातित बस्तुमा निर्भरता र अल्छि प्रबित्तिले छोएपछि स्थानीय स्तरमा नै पाइने रैथाने बिउ लोप हुन थालेको बताए । उनले रैथाने बालि संरक्षण गर्दै सामुहिक रुपमा आधुनिकीकरण कृषि खेति प्रणाली अवलम्बन गर्न सके रैथाने बालि संरक्षण मात्र नभई कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिने बताए ।
उनले परम्परागत रुपमा पहिला पहिला बिउ जगेर्ना गर्ने चलन अहिले हराउदै गएको र प्याकेटको बिउ किन्ने गरेको बताउदै एउटा प्याकेटको बिउ गतिलो परेन भने त्यो नउम्रने, राम्रो उत्पादन नदिने हुँदा सहकारी लगायत बिभिन्न कृषक समूहले सामुहिक रुपमानै ठुलो क्षेत्रमा नै बिउ बिजन उत्पादन गर्नु पर्नेमा जोड दिएका थिए ।
रैथाने बालीलाई परिमार्जन गर्दै कृषि संग सम्बन्ध राख्ने विभिन्न संघसंस्थाको सहयोगमा नया प्रणाली अन्तर्गतका तरिकाबाट काम गर्न सके रैथाने बालीबाट पनि राम्रो उत्पादन हुन सक्ने भन्दै रैथाने बालीको संरक्षण र प्रवद्धनमा ध्यान दिन आवश्यक रहेको बताए ।