साउदी अरबको रियाद स्थित एक कम्पनीमा १५ महिना देखि अलपत्र रहेका ७ जना नेपालीको आज उद्धार भएको छ।
गत साउन ११ गते अनलाईन मिडिया मुग्लानी खबरमा साउदीबाट अलपत्र अबस्थामा रहेका १० जना पिडितहरुले रुदै उद्धार गरिदिन अनुरोध गरे पश्चात् मुग्लानी खबरबाट समाचार तथा भिडियो सम्प्रेषण गरिएको थियो। उक्त समाचार सम्प्रेषण पश्चात् मानव अधिकारका बिषयमा सकृय रुपमा कृयाशिल भक्त बिबि फर ह्युमानिटी नामक सस्थाकी चेयरमेन तथा भ्रस्टाचार बिरोधी अभियन्ता शारदा भुसाल( झा),गिता ढकाल लगाएतको टिम र साउदी स्थित मुग्लानी खबरका प्रतिनिधि राजेश प्रसाईं 'बिद्रोही' , विवेकसिलका सक्रिय सदस्य अकल प्रधान, सामाजीक अभियन्ता शंकर तामाङ्ग लगाएतको संयुक्त पहलमा कोरोनाको कहरमै ७ जनाको उद्धार गर्न सफल भएको हो भने ३ जना छिट्टै नेपाल आउने बताईएको छ।
हिजो २८ सेप्टेम्बरमा साउदीको समय अनुसार ११:३० बजे दमाम बाट उडान भैई आज बिहान करिब ८ बजे मात्र अन्तर्राष्ट्रिय त्रिभुवन बिमानस्थलमा अवतरण गरेका थिए।मुग्लानी खबरको टिम तथा भक्त बिबि फर ह्युमानिटिकी अध्यक्ष शारदा भुसाल झा लगाएतको टिम उद्धार गरिएका ७ जनाको टिमलाई स्वागत गर्न बिमानस्थल पुगे पनि पिसिआर टेस्ट रिपोर्ट बिना आएको हुँदा भेट्न सकिएको थिएन भने उनिहरुलाई नेपाली सेनाको पुर्ण निगरानीमा होल्डिङ सेन्टर पुर्याईएको थियो।
आज उद्धार भैई आउने सात जनाहरुमा १,हुम बाहादुर डिसि दाङ २, हिरा सिं पुन मगर रोल्पा ३, श्याम बाहादुर दमाई कपिल बस्तु ४,योगेश विक कास्की ५,योगेन्द्र किसान म्याग्दी ६, छविलाल चौधरी दाङ ७, हर्क बाहादुर रोका म्याग्दी रहेका छन भने छिट्टै उद्धार हुने क्रममा रहेका तीन जना ब्यक्तिहरुमा १, भूपति जैसी वाग्लुङ २, जम्रुदिन मियाँ सुनसरी ३, भरत सरदार सप्तरी रहेका छन। उद्धार गरिएका ७ जनामध्ये ३ जनालाई कुण्डलीनि पार्टी प्यालेस र ४ जनालाई यति पार्टी प्यालेस बसुन्धरामा राखिएको छ।पिडित ७ जनालाई प्रत्यक्ष भेट्न सकिएता पनि कोरोना टेस्ट गर्न बाकी रहेको हुँदा दोहोरो सम्बाद गर्न भने सकिएन्| उनिहरुलाई ७ दिनसम्म आमा डाप्लाम होटेल गौशालाको क्वारेन्टाइनमा राख्ने र पिसिआर रिपोर्ट पश्चात् पत्रकार सम्मेलन गरि सार्बजनिक तथा भेटघाट गर्न सकिने बताईएको छ।
कोरोनाको कहर र ठूलो पिडामा रहेका उनिहरुले मातृभुमी फर्किने आसा समेत मारिसकेको हुँदा उद्धार गरी नेपाल सम्म ल्याउन अतुलनिय योगदान पुर्याउनु भएकोमा मुग्लानी खबर परिवार्,भक्त बिबी फर ह्युमानिटी परिवार्,राजेश प्रसाई "बिद्रोहि" लगाएत सम्पुर्ण सहयोगी मनहरु प्रती धन्यबाद ब्यक्त गरेका थिए |