नेपाली कांग्रेस बहुमत केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस पार्टीलाई बिधान अनुरूप अगि बढाउनुपर्ने र विभिन्न ज़िल्लामा भएको बिधान विपरीत गरेका निर्णयहरुको खारेजीको माग राख्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उजुरी दर्ता गराएका छन।
नेपाली कांग्रेसको चौधौ महाधिवेशनको संघारमा रहेकोले पार्टीभित्र गरिएका बिधान बिपरित तथा अबैधानिक रुपमा गरिएका निर्णयहरुको खारेजी हुनुपर्ने बताउदै पार्टी बिधान सम्मत संचालन गरि चौधौं महाधिवेशन स्वच्छ,निस्पक्ष गर्ने बाताबरण शृजना गरियोस भन्ने माग समेत गरेका छन।
बिधानसम्मत पार्टीको महाधिवेशन चार बर्ष भित्र गरिसक्नुपर्ने भएकोले नेतृत्व पक्षबाटै कुनैपनी तयारी नथालेपछी समयावधिमै आवाज उठाउदा समेत स्वयं सभापतिबाट ब्यवास्ता गरिएको बताईएको छ।महाधिवेशन २०७७ फाल्गुनमा सक्नुपर्ने भएपनी त्यस्तो कुनै असाधारण परिस्थिति बिना एक बर्ष लम्ब्याईएको बताईएको छ।
पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपर्ने शिलसिलामा गर्नुपर्ने स्थानिय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्बजनिक भएपछी बिधानमा भएका ब्यबस्थालाई ख्यालै नगरी पार्टीबाट बिधान बिपरित तथा अबैधानिक निर्णयहरु तत्काल खारेज गरि चौधौं महाधिवेशन समयीसिमाभित्र स्वच्छ,स्वतन्त्र ,निस्पक्ष,ढंगबाट सम्पन्न गर्ने बाताबरण शृजना गर्नुका साथै समयमै महाधिवेशन सम्पन्न गरि आगामी संघिय,प्रादेशिक र स्थानिय निर्बाचनको तयारीमा जुट्न नसक्दा पार्टीले ब्यहोर्नुपर्ने क्षतिप्रती समयमै ध्यानाकर्षण समेत गराएका छन।
त्यसैगरी पार्टी समायोजन र सकृय सदस्यता र जिम्मेवारी हस्तान्तरणका सम्बन्धमा पनि देशका विभिन्न जिल्लामा पार्टिको बिधान र प्रकृयागत नभई 'काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर' भने जस्तै मनोमानी रुपमा अगाडी बढाईएको बताउदै यथासिघ्र नेतृत्व पक्षको ध्यानाकर्षण हुनुपर्ने र अबिलम्ब सच्च्याईनुपर्ने र सच्चिनुपर्ने बताईएको छ।