मुग्लानी खबर डटकम
कतार : ईस्लामिक हरुको दोश्रो महान चाड इद अल अधाको पुनित अवसरमा अलमिस्नाद कम्पनीका जागरुक युवाहरुको सक्रियतामा अलखोरस्थित बारुवा श्रर्मिक स्टेडियमको कम्प्लेक्समा नेपालीहरु बीच खुल्ला फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
इदको पहिलो दिन अर्थात् सेक्टेम्बर १२ तारिक साँझ बिधिगत रुपमा उदघाटन भइ शुरु भएको उक्त खेल लगातार तेश्रोदिन सेक्टेम्बर १५ सम्म चलेको थियो २० टिम सहभागी रहेको खेलमा सयौ दर्सकको साथ सेमीफाइनल र फाइनल खेल भने निकै रोचक रहेको थियो । फाईनल खेल कतारी समय राति १०:०० बजेबाट सुरुभएको थियो भने खेलको सुरुवातमा आयोजक मिस्नाद टिम र पि एस एससी टिमका खेलाडीहरु मंच अगाडी उभिएर राष्ट्रिय गीत गाएका थिए ।
खेल निक्कै घम्सा घम्सी हुदा हाफ टाईम अगाडिनै आयोजक मिस्नाद- B का स्टाईकर शुन्दर ढकालले १ गोल गरेका थिए भने अन्तिम पाच मिनेट बाकि छदा फेरी मिस्नाद –B बाटै भेशुले १ गोल थपदै जम्मा ४० मिनेट रहेको उक्त खेलमा अन्तत: आयोजक टिम मिस्नाद B.२-० गोलले प्रथम र पी.एस.एससी दोस्रो भएका थिए । पुरस्कार वितरण र औपचारिक कार्यक्रम। उक्त कार्यक्रमको संयोजक छबिलाल तिवारी रहेका थिए तेस्तै प्रमुख अथिति खेलका प्रमुख सल्लाहकार बिष्णु केसी, बिशेष अथितिमा सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बा(सुबाश) र अथितीमा सन्ध्याग्रुप सस्थापक अध्यक्ष सुरज तामाङ रहेका थिए ।
खेल पुरस्कार विवरण निम्नानुसार रहेको छ ।
प्रथम बिजेता टिम : अलमिस्नाद ( B ) लाई खशी, शिल, मेडल र प्रमाण-पत्र ,दोश्रो उप -बिजेता टिम : पी एस एस सीलाई खशी, शिल, मेडल र प्रमाण-पत्र त्यस्तै: खेलको बिबिध पक्षहरुलाई पनी पुरस्कार ब्यबस्था गरिएको थियो । जस्मा : सर्बाधिक गोल कर्ता : सैलेस (पी एस एस सी ) ट्रर्फी, मेडल र प्रमाण-पत्र , उत्कृष्ट किपर : खड्ग बुढाथोकी ( मिस्नाद-B ट्रफी, सर्बोत्कृष्ट/ Man of the Match प्लेयरमा (S.H.B)का खेलाडी डिल्ली सम्माम्फे घोषित भएका थिए ।
ट्रफी, मेडल र प्रमाण-पत्र , पुरस्कार वितरण: संयोजक छबिलाल तिवारी, प्रमुख अथिति बिष्णु केसी, बिशेष अथिति बिरेन्द्र याख्थुम्बा, अथिति सुरज तामाङ र तिलबहादुर बुढाथोकीको हातबाट पुरस्कार वितरण गरिएको थियो । खेल अवधिभर खटिएर एम्पायरको भूमिका निर्वाह गरेका डेबिट मास्के, बिष्णु केसी, अनुप कटुवाल र दिपकलाई मेडल, प्रमाण-पत्र प्रदान गरिएको थियो । गएको “अल इद फितारमा मिस्नाद कप-२०१६ खुल्ला फुटबल प्रतियोगिता लाइ पनि सफलतापुर्बक नेतृत्व” गर्नुभएका सयोजक छबी तिवारीलाई मिस्नाद कम्पनी र बिष्णु केसी द्वारा गिफ्ट बाट सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अथिति बिष्णु केसीले विदेशमा दैनिक कामगर्दा गर्दैपनि बचेको फुर्सदको समयलाई सदुपयोग गरि नेपालीमाझ आपशी सद्भभाव कायम राख्दै खेल क्षेत्रमा शक्रिय हुनु खु:शीको कुरा भएको बताउदै खेलमा सहभागी सम्पूर्ण टिमदेखि खेल अवदीभर रहेर खेलको माहोल तताउने दर्सक खेल आयोजाना गरी शान्तिपूर्णढंग बाट सफल बनाउने अलमिस्नादका जागरुक युवाहरु लगायत अन्य बाहिरी सहयोगी सम्पूर्णलाई बधाई स्वरूप धन्यबाद दिदै स्लामिकहरुको पबित्रचाड इद अल अदाको उपलक्ष्यमा इद मुबारक भन्दै शुभकामना दिएका थिए ।
त्यस्तै शुभकामना मन्तव्यको क्रममा बिशेष अथिति बिरेन्द्र कुमार याक्थुम्बाले सबै खेलहरु मध्ये फुटबलखेल जति लोकप्रिय छ, तेतिनै आयोजना गर्न कठिन चुनौती पनी रहेको बताउदै मिस्नाद कम्पनीका युवाहरुले खेल जगतमा देखाएको उत्साहपूर्ण खेलहरु क्रमश : डेढ महिना अगाडी मिस्नाद कप २०१६ सफल पुर्बक खेल खेलाउनु र अहिले झन् सशक्त ढंगबाट खेलभएको जनाउदै खेल शान्तिपूर्ण अपार दर्शकहरु माझ नेपाली राष्ट्रिय गीत बजेको देख्नपाउदा खुशी भएको व्यक्त गरेका थिए । सो कार्यक्रमलाइ तिल बहादुर बुढाथोकीले संचालन गरेकाथिए भने संयोजक छबिलाल तिवारीबाट सम्पूर्ण खेल ब्यबस्थापन र सहयोगीहरुलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।