युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सुपर ओभरमा साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
निकै रोमाञ्चक बनेको खेलमा बेंगलोरले प्रस्तुत गरेको २ सय २ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मुम्बई निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर २ सय १ रनमा सिमित भएपछि खेलले थप रोमान्चक मोड लिएको थियो ।
सुपर ओभरमा मुम्बईले सुरुमा ब्याटिङ गर्दै १ विकेट गुमाएर ७ रन बनाएको थियो । जसमा ब्याटिङमा किरोन पोलार्ड र हार्दिक पाण्डेया रहेका थिए ।भने बलिङ नभदेभ शैनीले गरेका थिए ।
जसमा पोलान्डले पहिलो बलमा १ रन लिए,दोस्रो बलमा हार्दिकले १ रन लिदा तेस्रो बल डट हुन् पुगेको थियो । चौथो बलमा पोलान्डले चौका प्रहार गर्दा पाँचौ बलमा उनि स्वयम् आउट हुन् पुगे । र अन्तिम बलमा पनि मुम्बईले १ रन बनाएको थियो ।
त्यसपछि ब्याटिङ थालेको बेंगलोरले ब्याटिङमा विराट कोहली र एबी डि भिलिअर्सलाई पठाएको थियो भने बलिङमा जसप्रीत बुमराह रहेका थिए । त्यस क्रममा पहिलो बलमा एबीले एक रन लिए , दोस्रो बलमा विराटले पनि एक रन लिए , तेस्रो बल डट हुन् पुग्यो भने चौथो बलमा एबीले चौका प्रहार गरे । पाँचौ बलमा पुन एबीले १ रन लिदाँ खेल थप रोमाञ्चक बन्न पुग्यो । र अन्तिम बलमा कप्तान विराटले चौका प्रहार गर्दै टिमलाई सनसनिपूर्ण जित दिलाए ।
सुपर ओभर अघि मुम्बईका लागि इशान किसनले सर्वाधिक ठूलो पारी खेलेका थिए ।टिमलाई अन्तिम सम्म पुर्याएका उनले ५८ बलको सामना गर्दै २ चौका र ९ छ्क्कासहित ९९ रन बनाएका थिए ।
यस्तै किरोन पोलाण्डले अविजित रहदै ६० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उनले इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरसम्म पुर्याएका थिए । यी बाहेक टिमका लागि हार्दिक पांडेयाले १५ तथा ओपनर ब्याट्सम्यान क्विन्टन डि कोकले १४ रन बनाएका थिए ।
बलिङतर्फ बेंगलोरका ईसुरु उदानाले २ तथा वाशिंगटन सुन्दर, एडम जम्पा र युजवेंद्र चहलले समान १/१ विकेट लिएका थिए ।
यो जितसँगै बेंगलोर ३ खेलबाट ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता बेंगलोरसँग पराजित भएको मुम्बई समान ३ खेलबाट २ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।
अब प्रतियोगिता अन्तर्गत मंगलबार नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले हैदराबादको सामना गर्नेछ ।