राजेश प्रसाईं `बिद्रोही´-गत साउन ११ गते मुग्लानी खबरमा "साउदीमा नेपाली कामदार बिचल्लीमा,रुदै उद्दार गरिदिन आग्रह " शिर्षकमा समाचार सम्प्रेषण भएको थियो।
त्यो पश्चात् म्यासेन्जर कल मार्फत पिडितले सहयोग गरि दिन अाग्रह गरे पछि हामीहरू विवेकसिलका सक्रिय सदस्य अकल प्रधान, सामाजीक अभियन्ता शंकर तामाङ्ग सहितको टिमले पिडितहरुलाई भेटेर तत्काल पर्न गएको समस्या बारे सोधपुछ गरेका थियौं । कोरोनाको कारणले गर्दा म २२ दिन अश्पताल र अकल प्रधान जी ४४ दिन गुप्तवास कम्पनिको एकान्त कोठामा बसेर निस्किएका थियौ। हामीहरुले पिडितलाई भेट्नु भनेको फलामको चिउरा चपाउनु जतिकै थियो ।
हामीहरूलाई कोभिड नेगेटिभ त प्रमाणित भई सकेको थियो । यहाँको कानुन बमोजिम भेटघाट गर्न भने सामाजीक दुरी कायम गर्न अति अावश्यक थियोे , यस्तो अवस्थामा पनि हामीहरुले अात्मासाथ गर्दै सेवा नै धर्म हो भन्ने ठानी खाद्य पदार्थ सहित हामी भेट्न पुगेका थियौ । त्यहाँ पुगेर समस्या हेर्दा व्यपारीले कुहिएर फालेका अालु सिला गर्दै खाएर बाँच्न विवश श्वास मात्र बाँकी रहेको प्रष्ट देखिन्थ्यो सायद त्यस्तो दृष्य नयन भरि नाँचिरहँदा कस्को मन रून्न होला र ? उनीहरुको सबै यथार्थ अवस्था बुझेपछि केही राहतको व्यवस्था र उद्दारका लागि निवेदन तयार गरेर महामहिम ज्युलाइ सम्बोधन गरि नेपाली राजदुतावास रियाद साउदी अरब र बोधार्थमा १, बैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौ र २, भक्त वि.वि. फर ह्युमानिटीमा समेत इमेल मार्फत निवेदन पठाएका थियौ ।
१० जनाको दस्तखत सहितको निवेदन पठाउने बित्तिकै नेपालबाट भक्त वि.वि.फर ह्युमानिटीकि अध्यक्ष शारदा भूषाल झा र गिता ढकालको सकृय लगनसिलतामा अाज ७ जनाको टिकट हात परेको छ द्वय दिदिहरूलाई हृदय देखि नै अाभार व्यक्त गर्दछु र अन्य तीन जना छिट्टै नेपाल फर्किने जानकारी प्राप्त भएको छ । अाज साँझ घर फर्किने तयारीमा रहनु हुने मित्रहरूमा क्रमशः १,हुम बाहादुर डिसि दाङ २, हिरा सिं पुन मगर रोल्पा ३, श्याम बाहादुर दमाई कपिल बस्तु ४,योगेश विक कास्की ५,योगेन्द्र किसान म्याग्दी ६, छविलाल चौधरी दाङ ७, हर्क बाहादुर रोका म्याग्दी उहाँहरू ७ जनाको अाज साँझ उद्धार भैइ नेपाल फर्किदैछन भने तीन जना ब्यक्तिहरु: १, भूपति जैसी वाग्लुङ २, जम्रुदिन मियाँ सुनसरी ३, भरत सरदार सप्तरी वहाँहरू तीन जनाको उद्धार चाँडैनै हुनेछ सबै प्रकृया पूरा गरि सकेको टिकट उपलब्ध हुन बाँकि रहेको जानकारी प्राप्त भएको छ ।
अन्त्यमा पिडितहरूको उद्धारकालागि यस्तो ठूलो कोरोनाको माहामारीमा अाफ्नो ज्यानको रोग संग प्रवाह नगरी अहोरात्र खट्नु हुने अादर्णिय दिदिहरू शारदा भूषाल झा र गिता ढकाल काठमान्डौबाट उहाँहरूको सहयोगको जति प्रशंसा गरेर पनि सायद अभाव नै हुन जानेछ । त्यस्तै गरेर बैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ, भक्त वि.वि. फर ह्युमानिटी, नेपाली राजदुतावास रियाद लगायत पूर्वी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरे ज्यूले गर्नु भएको प्रशंसनिय कार्यप्रति हृदय देखि नै धन्यवाद दिंदै हार्दिक अाभार व्यक्त गर्दछु । साथै अागामी दिनहरुमा पनि वहाँका सत्कर्मको प्रशंसा गर्ने अवसर मिलि रहोस् भन्दै सहयोगी सम्पूर्णमा एक मुष्ट धन्यवाद दिन चाँहान्छु ।