असोज ११, झापा/झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च ,नेपाल अन्तगर्त लिम्बुवान भोलेन्टियर्स कमल इंचार्ज केन्द्रिय उपकमाण्डर बसन्त राज योङहाङको अध्यक्षतामा संगठनका बिषयमा प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लिम्बुवान भोलेन्टियर्सका केन्द्रिय कमाण्डर प्रवक्ता राजु राईले कार्यक्रममा वर्तमान अवस्था र देशको राजनैतिक अवस्थाबारे भने जब सम्म पहिचानवादीहरु एक हुदैनौ तब सम्म कुनै बिजय सम्भब छैन। सम्पूर्ण पहिचानबादीहरु एक हुनु जरूरी छ । हामीले संगठन विस्तार तीव्र गतिले जानु पर्दछ । अबको वैल्कपिक शक्ति नै मञ्च हुनेछ , जब सम्म नेपालको राष्ट्रिय अखण्डता कायम राख्दै लिम्बुवान सहितको १०+१ प्रान्त कायम हुदैन तब सम्म शरीरमा एक थोपा रगत भइन्जेल सम्म लिम्बुवान भोलेन्टियर्स लड़ने प्रवक्ताले बताए ।
त्यस्तै गरी कार्यक्रममा विशिष्ट अतिथि संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय सदस्य सुर्य प्रसाद याक्पादेनले पार्टीको धारणा सगै विस्तार बारे प्रष्ट पारेका ।
लिम्बुवान भोलेन्टियर्स यस भेला कार्यक्रममा कमाण्डरहरुको नियुक्ति सीनियर सिभिल कमाण्डर राज माबो , रान्जु लिम्बू र सिभिल कमाण्डर , सन्दीप लिम्बू , बिपेन राई चयन गरिएको छ । प्रमुख अतिथिको हात बाटै लिम्बुवान भोलेन्टियर्स परिचय कार्ड वितरण गरीएको थियो ।
कमलमा लिम्बुवान भोलेन्टियर्स L.V संगठन निर्माणका गतिबिधिहरुमा विस्तार क्रम अहिले सक्रियता बढ़ाएको छ । आज सम्पन्न कार्यक्रममा कमल गाँउपालिका L.V उक्त भेला कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रकाश नेम्बाङ , ईलाम केंद्रीय उपकमाण्डर हाईजन लिम्बू , पूर्व तोपगाछी कमाण्डर नवराज राई, लगायत L.V ७० जना भन्दा बढ़ि पार्टी नेता र कमाण्डहरु उपस्थित थिए ।
यस कार्यक्रममा L.V हरुको उत्साहजनक सहभागिता रहेको र अन्तमा सधै झै सक्रिय भएर संगठन अघि लैजान भन्दै कार्यक्रम समापन बसन्त राज योङहाङले गरे भने संचालन मञ्च कमल गाउँपालिका सचिब बिजेन्द्र मेनाङम्बोले गरेका थिए ।