दोहा / टिकट खरीद गर्न नसकेर स्वदेस फर्किन नसकी अलपत्र परेका ७ जना नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ ।
कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा ७ जना नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले बताए ।
पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार चौथो चरणमा २५ सेप्टेम्बर २०२० का दिन मानसिक सन्तुलन गुमाएका बिनोद महरा- धनुषा, दुबै मृगौला गुमाएको हसामुद्दीन लेहेरी - सर्लाही, सद्दाम खान- सुनसरी, जितेन्द्र कामती - सिरहा, अमृता कान्दङ्वा- तेह्रथुम, राम बाबू टमाटा - सर्लाही र आश कुमार राई- खोटाङ लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको मुसलमानले जानकारी गराए ।
साथै चौथो चरण अन्तर्गत ७ गरि अहिले सम्म ३० जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग उपलब्ध गराएको र बाकीलाई पनि छिट्टै सहयोग गर्ने प्रक्रियामा रहेकोपनि जानाकारी गराए ।
उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य ज्युहरु तथा सहजिकरण, सहयोग र बिदाई गर्न प्रत्यक्ष एयरपोर्ट पुगेका नेपाली दुताबास कतारको द्वितीय सचिव प्रविन भट्टाराई, एनआरएनए आईसीसी मनार्थ परिषद सदस्य विमल सुवेदी, एनआरएनए एनसीसी कतारका सल्लाहकारहरु चमक पोखरेल तथा मो. अजिज अलीप्रति अध्यक्ष मुसलमानले आभार प्रकट गरे ।