काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा परिमार्जित स्थानीय पाठ्यपुस्तकको प्रबोधिकरण पुरस्कार वितरण तथा सिकाई सहजीकरण सामग्री वितरण एवं विधालय संचालन गर्ने निर्णय सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा जोरपाटी काठमाडौं बागमती प्रदेशको आयोजना तथा वि.व्य.स.का अध्यक्ष बिष्णु मगरको सभापतित्व र नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
त्यसैगरी उपस्थित हुने बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,प्रशासन साखा प्रमुख टंकनाथ घिमिरे, अतिथिहरु नगरपालिकाका वडाका वडा अध्यक्षहरु,नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षक, बुद्धिजिबीहरु लगाएत स्थानिय नगरबासीहरुको उपस्थित रहेको थियो।
राष्ट्रिय गान पश्चात् शुरु भएको उक्त कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत मन्तब्यद्वारा शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्यले स्वागत गरेका थिए।
कार्यक्रममा पुरस्कार वितरण २०७६ मा संचालित नगर स्तरीय अतिरिक्त कृयाकलाप अन्तर्गतको कविता,निबन्ध र हाजिर जवाफ प्रतियोगिता साथै अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७७ को उपलक्ष्यमा आयोजित अनलाईन खुला कथा,कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्नुहुने छात्र छात्राहरु लगाएत सम्पुर्ण बिजेताहरुको उच्च मुल्यांकन गर्दै सम्मान पत्र तथा नगद पुरुस्कारद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाका शाखा समितिको निर्णय अनुसार यो आउदो आश्विन १६ देखि सम्पूर्ण स्कुलहरु संचालन गर्ने बताएका थिए। कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड को पालना गरि स्कुलहरु संचालन गर्ने बताएका थिए।कुनै पनि स्कुल ले बैशाख,जेष्ठ,असार सम्मको कुनैपनी शुल्क लिन नपाईने जानकारी गराएका थिए।
गत साउनबाट यातायात र खाजा शुल्क लिन नपाउने त्यस बाहेक सुल्क लाग्ने बताउदै त्यसको लागि सबैजनाको सहयोग आवश्यक भएको बताए । कोभिड-१९ को महामारीको यस समयमा सम्भावित सङ्क्रमणबाट बच्न व्यक्ति/व्यक्तिबीच भौतिक दूरी कायम राख्न सबैमा अनुरोध गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको संचालन रामनारायण शाहले गरेका थिए।