काठमाण्डौको गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक)यज्ञडोल,जगडोलमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिकाको आयोजना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यको सभापतित्व तथा नगरपालिकाका उप प्रमुख शान्ती नेपाल को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।त्यसैगरी उपस्थित अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रशासन साखा प्रमुख टंकनाथ घिमिरे, राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, नगरपालिकाका जनप्रतिनिधिहरु, बुद्धिजिबीहरु लगाएत स्थानिय नगरबासीहरुको उपस्थित रहेको थियो।
राष्ट्रिय गान गाएर शुरुवात भएको कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य मार्फत राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत गरेका थिए।
१४ औ घुन्सा स्मृती दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिकाको आयोजनामा वरिष्ठ ब्यक्तित्व पुर्ब वन तथा भु संरक्षण राज्यमन्त्री गोपाल राई लगाएत दुई दर्जन संरक्षणबिद २०६४ साल असोज ७ गते ताप्लेजुङ जानेक्रममा हेलिकप्टर दुर्घटना परि दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम भएको हो।
राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोल सामुहिक बन मा वृक्षरोपण विशेष गरी रुद्राक्ष, फलफुलहरु नासपती, जामुन ,आलुबखडा, आरु,अमला लगाएतका बृक्षहरु गरि करिब १०० कटा वृक्ष रोपिएको छ।गोकर्णेश्वर नगरपालिका क्षेत्रमा धेरै बादरहरु आएको हुदा साथै अन्य पशुपक्षी र जनावरहरुको आरक्षण क्षेत्रका लागि समेत फलफुल रोप्न थालिएको कार्यक्रमका प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपालले बताईन।
कार्यक्रमका सभापती राम प्रसाद आचार्यले आफ्नो मन्तब्य राख्दै यो बिशेष दिनमा बृक्षारोपण कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण ब्यक्तित्वहरु लगाएत साथ सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद दिदै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।