मुग्लानी खबर २८ साउन
सन्तोष के सी
अधिकार, प्रतिनिधित्व र सुशासनका लागि आदिबासी जनजातिको अडान ,पहिचानसहितको संघीयताका लागी संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने नाराका साथ स्थापना भएको नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारले पनि २३ आैँ बिश्व आदिबासी दिवस मनाएको छ ।
सन १९९४ बाट सुरु भएको आदिवासी दिवस यस वर्ष २३ औ संस्करण हो । हरेक वर्ष अगस्तको ९ तारिक बिस्वभर नै विश्व आदिबासी दिवस मनाउने गरिन्छ । नेपाल आदिबासी जनजाति महासंघको प्रवासका १९ मुलुकमा साखाहरु र नेपाल भरि ७१ ओटा जिल्ला र ३ हजार गाउ एकाई सक्रिय छन ।
जस अन्तर्गत कतार साखाले गत सुक्रबार छुट्टिको अवसर पारेर सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा भब्यरुपमा कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष देवराज राईको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रममा सभापति राइले आदिवासी जनजाति महासंघको धाराणा सार्बजनिक गरेपछि कतारमा रहेका राजनीतिक पार्टिका भातृ संगठनहरु संग पार्टिको आदिवासी जनजाती सम्बन्धी धारणा लाई लिएर अन्तरक्रिया कार्यक्रम भएको थियो ।
संघिय लिम्वुवान मन्च कतार ,जनमुक्ती मंच कतार, कतार नेपाली एकता समाजबाट हिमाकान्त पुन, तराई मदेश प्रवासी मंच कतार बाट हुसेन खान,संघिय समाजवादी फोरम कतारबाट डिएन मगर,जन प्रगति शिल समाज कतार बाट रेशम पौडेल, नेपाल जनप्रगतीसिल मंच कतारबाट रक़म ध्वोज राई लगायतले जनजाती मुस्लीम, दलीतले अझै सम्म सम्मान रुपले हकअधिकार नपाएको र आफ्नो पार्टिले सदैव भर पक्षमा लडेको भन्दै त्येस्को निम्ति जतिशुकै कठिनाई परे पनि हकअधिकार प्राप्त गरि छाड्ने बताए ।
सबै पार्टिले जनजातिका हितको लागि लड्छौ भनेपनि त्यो चुनावमा भोट तान्न मन्त्र मात्रै प्रयोग भएको छ ईतिहाँसमा पहिलो मानवहरु आदिवासी जनजाती भएकोले कुनै पनि देश सक्षम बन्न आदिवासी जनजाती लाई हक अधिकार दिनै पर्ने बताए ।
प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोखरेलले नेपालमा भएका आदिवासी जनजातिहरुको हक अधिकार स्थानीय चुनाव ले लगभग सुनिश्चित गरेको र केहि छुटेको कुरा पुनः संसोधन गर्नुपर्ने बताउँदै जनजातीको हक अधिकारको निम्ति २०४० सालदेखि आफ्नो पार्टी लड्दै आएको कुरा बताए ।
नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मोहमद्द अली ले नेपाली काँग्रेस पार्टिले राणा सासन र राजा सासन हटाउनुको मुल उदेस्य जनजातिलाई हकअधिकार दिलाउनको लागि रहेको जिकिर गरे । स्थानीय चुनावको प्रतिबद्धता बनाउँदा पनि काँग्रेशले जनजातिका मुद्दाहरु धेरै समेटिएर बनाएको थियो अहिले ती मुद्दाहरु काँग्रेशले जितेको ठाउँमा लागुहुने बताए ।
प्रमुख सल्लाहकार सियाराम चौधरीले जवसम्म नेपालमा ब्रम्रबाद रहन्छ तव सम्म जनजाति हरु पछिनै पर्ने छन । २००७ साल देखि धेरै राजनिति परिबर्तन आए पनि जनजातिका मुद्दाहरु बाकिनै रहेको र ति मुद्दाहरु प्राप्त गरेरै छोड्ने बताए ।
राष्ट्र भनेको कुनै एक जातिको मात्र नभएपनि प्रजातन्त्र आएपछि देसमा ९०% एउटा जातिको मात्र प्रधानमन्त्री भएकोले विभेद तेहि देखियको छ । यो संबिधानले पनि जनजातिका मुद्दालाई अझै नसमेटिएको बताउदै त्येस्को निम्ती सबै पार्टिका जनजाती नेताहरु एक भएर लाग्नुपर्ने भन्दै २३ औ आदिवासी जनजाति दिवसको अवसरमा सुभकामना दिएका थिए ।
पहिलो चरण कार्यक्रमको अन्तिममा सभापति राईले कार्यक्रम मा उपस्थित जनाएर आफ्नो पार्टिको धारणा राख्ने र कार्यक्रम लाई सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको बताए ।
पहिलो चरणको कार्यक्रम पछि करिव ३० मिनेटको समयमा कार्यक्रममा उपस्थित दर्सक लाई आफ्ना मनका जिज्ञासा दलका प्रतिनिधिहरुलाई सोध्ने समय दिईएको थियो । जस मध्ये दलहरुले आफ्नो एजेन्डा बिपरित काम गरेको र जनजाति सम्बन्धी मुद्दा र पहिचानको लागि के कस्तो भुमिका खेलेका छन भन्दै प्रस्न गरेका थिए ।
प्रस्नहरुको उत्तर सबै दललाई आएकाले मन्चमा उपस्थित दलहरुले पहिचान र जनजाति का हरेक मुद्दाहरुलाई आफुहरुले उठाएकाले सम्बिधान मा समावेश गरिएको बताउँदै आदिवासी जनजाति सङ्ग आफ्नो पार्टिको नङ र माशूक़ो सम्बन्ध जस्तै रहेको प्रस्ट पारे ।
दोश्रो चरण साँस्कृतिक तथा शुभकामना कार्यक्रम रहेको थियो । जस्मा सभापति राई संगै प्रमुख अतिथि नेपाली दुताबास कतारका श्रमचार्य नगेन्द्र ज्ञवाली रहेका थिए भने अन्य अतिथी हरुमा महासंघ कतारमा आबद्ध विभिन्न मातृ संस्थाका प्रतिनिधि, एनआर एन कतारका अध्यक्ष बिनेश तामाङ, समाज सेवी तथा बुद्दिजिवी हरु, सामाजिक तथा जील्लागत संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा दिप प्रज्वलन गरि उपस्थित सम्पुर्ण बाट राष्ट्रिय गान गाएर कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा महासंघ कतारमा आबद्ध मातृ संस्था नेपाल मगर संघ कतार,किंरात राई यायोख्खा शाखा कतार,किरात याक्थुम चुम्लुङ कतार,तमु – गुरुङ समाज कतार ,नेपाल प्रवासी तामाङ सेवा समाज कतार, गुरुङ सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार,प्रवासी भुजेल सेवा समाज कतार,सुनुवार सेवा समाज कतारका,ने.वा पूःच कतार, धानुक सेवा समाज कतारका कलाकार हरुबाट आ(आफ्ना जातिय पहिचान सहितको ग्रुपिन सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
लगत्तै सम्पुर्ण मातृ संस्थाबाट आफ्नो माैलीक पोसाक सहित माैलीक नाच देखाउँदा कार्यक्रम निक्कैनै रमाईलो बनेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका श्रमचार्य नगेन्द्र ज्ञावलीले नेपाल सरकार को तर्फबाट शुभकामना दिँदै कुनै बेला आदिवासी जनजाती अन्यायमा परेको भएपनि यो संबिधान ले धेरैकुरा समेटिएको कुरा बताउँदै प्रवास कतारमा आएर पनि यसरि कार्यक्रम गरि आफ्नो संस्कृती जोगाउन लागिपरेको देख्दा एकदमै खुसि लागेको भन्दै सम्पुर्णमा धन्यवाद दिँदै आफुले सकेको सहयोग गर्न तयार रहेको बताए ।
महाँसंघ कतारका अध्यक्ष देवराज राईको सभापतित्वमा भएको कार्यक्रममा संचालक भने माहासचिव सिव भुजेल ले गरेका थिए ।।
धानुक सेवा समाज कतारले निकालेको पुस्तक लोकार्पण गर्दै अतिथि हरु