नेपाल तामाङ घेदुङ साईप्रसले आगामी २५ अक्टोबर आइतबारका दिन आन्तरिक दोस्रो अधिवेशन गर्ने भएको छ ।
"तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृतिको संम्वर्द्वन"भन्ने मुल नारालाई आत्मासाथ गर्दै २०१६ अक्टोबरमा रोजगारीको सिलसिलामा साईप्रस आएका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै आफ्नो जातिको मौलिकता,भाषा, धर्म, भेषभुषा,रिति संस्कृतिको संरक्षण गर्ने उदेश्यले विशेष गरि महिलाहरुको सक्रियतामा गठन गरेको नेपाल तामाङ घेदुङ साईप्रसले आगामी २५ अक्टोबर आइतबारका दिन आन्तरिक दोस्रो अधिवेशन गर्ने भएको छ ।
साइप्रस घेदुङले चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश हुदै गर्दा त्यसैको खुसीयलीमा चौथो वार्शिकोत्सव साथै दोस्रो ऐतिहासिक अधिबेशनको तयारिमा जुटेको छ ।
कोभिड १९ को महामारीका कारण सधैं झैं धुमधाम नगरी घेदुङ भित्रबाटै खुलासत्रद्वारा आपासी समन्वय गर्दै नयाँ कार्यसमिती निर्माण गर्ने तयारी भैरहेको छ ।
घेदुङ साईप्रसले मौलिक पहिचान, आपत विपद, सामाजिक विकास तथा शैक्षिक बिकासमा समेत निरन्तर काम गरिरहेको छ ।
आउने नयाँ कार्य समितिले अझ नयाँ जोश र नयाँ कार्य योजना सहित अघि बढ्ने भएको हुँदा रोजगारिको सिलसिलामा नेपालको पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मका तमाम तामाङ दाजुभाइ तथा दिदिबहिनिहरुलाइ घेदुङमा आवद्धताको लागि समेत अनुरोध गरिएको छ ।