सुरज तामाङ -काभ्रे सेवा समाज युएई तथा सदस्य घ्याम्सो लामाको पहलमा संकलित ३०,७२० /- रुपैया क्यान्सर पिडित बिष्णुमान तामाङलाई हस्तान्तरण गरिएको छ।
"सेवा नै धर्म हो" भन्ने मुल नाराका साथ काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा न. १ सानो बाङ्थली गोदामचौर निवासी बर्ष २५ का क्यान्सर पीडित बिष्णु मान तामाङको उपचारका लागि आर्थिक सहयोग स्वरुप आर्थिक संकलन गरिएको हो।
काभ्रे सेवा समाज युएईमा आवद्ध दाजुभाई तथा दिदिबहिनीहरु द्वारा संकलित आर्थिक सहयोग नृत्य निर्देशक संघ काठमाण्डौका अध्यक्ष बुद्ध लामाको हातबाट क्यान्सर पिडित बिष्णुमान तामाङ लाई हस्तान्तरण गरिएको हो।
मुग्लानी खबर अनलाईन टिभिद्वारा पिडित तामङको दयनिय अबस्थालाई भिडियो र समाचार प्रशारण पश्चात् आर्थिक संकलन शुरु भएको हो।
युएईबाट पिडित बिष्णुमान तामाङको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्नुहुने ब्यक्तिहरुको नामवली यसप्रकार छ।
ग्याम्सो लामा -AED 200 , फुर्ब योन्जन - AED- 100, आशिष तामाङ -AED 50 , गोबिन्द पन्त- AED 50, दिल लामा - AED 50,सुर्य पुरी - AED 50,आकास मोक्तान - AED 30,जनक सापकोटा -AED 50,कुमार लामा -AED 50,मनिष लोप्जन - AED-50,योगेश लामा -AED- 100 ,मान तामाङ AED100, प्रदिप सापकोटा AED 50 र प्रबिन तामाङ - AED 50 गरि जम्मा 980 AED अर्थात नेपाली रुपैयाँ ३०,७२० संकलन भएको थियो।