सर्ब प्रथम अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।
सन २०१८ देखि मा प्रथम पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उदेश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यो दिवसले विशेष महत्व राख्दछ । विश्वका हरेक कुनाकन्दराका नेतृत्वले स्थानीय, राष्ट्रिय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकियोस भन्ने संकल्पका साथ सन् २०२० को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो ।
विश्वभरि करिब ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्य ८० पतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यि मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विशेष अडियो सामाग्री समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई देख्न सक्छौ, जस्ले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन।
हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्दछन। हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ, यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ ।
संयूक्त राष्ट्र संघको दिर्घकालिन लक्ष्यको सूचीमा सांकेतिक भाषाको प्रवर्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ,