मुग्लानी खबर
१२ अगस्ट २०१७-शनिबार
नेपाल तामाङ कलाकार संघ कतारले हिजो अगस्ट ११ तारिख शुक्रबारका दिन राज लोप्चन र जलजला तामाङ्को सम्योजकत्व, जमिब तामाङ र सुरेन तामाङ्को ब्यबस्थापनमा दोहाको गल्फ होराईजन होटेल मा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित सेलो तथा म्हेन्दोमाया गायिका मिना लामा , मोडल तथा डान्सर बुद्ध वीर थापा साथै स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक धमाका साथ दोश्रो सास्कृतिक धमाका २०१७ सम्पन्न गरेको छ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष वाङ्जु लामाको सभापतित्वमा भएको उक्त कार्यक्रम को प्रमुख अतिथि ब्यबसायी तथा समाजसेबी माया केसी हुनुहुन्थ्यो भने विशेष अथितिहरुमा म्हेन्दोमाया समाज अध्यक्ष कान्छाराम तामाङ,घले समाज कतारका अध्यक्ष प्रीती घले, खोटाङ सेवा समाजका नारायण खड्का,गुल्मी सेवा समाजका सर्बेन्द्र आचार्य,तनहु सेवा समाजका बलराम गैरे,नेपाल प्रबासी तामाङ समाज कतारका सल्लाहकार थर्च लामा लगाएत विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुभएका बिशेष अतिथिहरु,अतिथीहरु र प्रबासमा रहेर पनि कला र गलालाई धेरै भन्दा धेरै माया गर्ने दर्शक स्रोताहरुको बाक्लो उपस्थिति रहेको थियो।
पहिलो चरणको औपचारिक कार्यक्रम दीप प्रज्वलन तथा ब्यानर उद्घाटन कार्यक्रमका सभापती,प्रमुख अतिथी र बिशेष अतिथिहरुबाट गरिएको थियो ।रास्ट्र सम्मान स्वरुप रास्ट्रीय गीत गाईसके पछी कार्यक्रम कि सहसम्योजक जलजला तामाङले आगन्तुक सम्पुर्णलाई स्वागत गरेकी थिइन।बक्तब्य दिनेहरुमा नेपाल प्रबासी तामाङ समाज कतारका माम्बा तामाङ र प्रमुख अतिथि माया केसी हुनुहुन्थ्यो।माया केसीले कार्यक्रममा बोल्दै प्रबासमा रहेर पनि लुकेका छिपेका कला र गलालाई उजागर गर्ने यो सस्थाले दोहामा सह्रानिय काम गरेको भन्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम पुर्ण सफलताको कामना गर्नुभएको थियो भने कार्यक्रमका सभापती वाङ्जु लामाले हाम्रो निमन्त्रणा लाई सहस्र स्विकारी पाल्नुभएका सम्पुर्णमा धन्यवाद दिदै औपचारिक कार्यक्रम समाप्तको घोषणा गर्नुभएको थियो।कार्यक्रमको संचालक अशोक तामाङ थिए ।
दोस्रो चरणको अनौपचारिक कार्यक्रममा स्थानिय तथा नेपालबाट पाल्नुभएका अतिथि कलाकार हरुले सङ्गीतका विभिन्न बिधाका गीतहरु ,नृत्य ,कमेडी हरुका खुराक पस्केर माहोल तताउनु भएको थियो।दर्शक स्रोताहरुलाई स्वागत स्वरुप पहिलो नृत्य "आयो है गोर्खाली" भन्ने गीतमा कलाकारहरु सबिना,कैलाश लगएत स्थानीय कलाकारहरुको टिमले कुशल नृत्य गरेका थिए।त्यसैगरी युवा गाएक हिमाल लुङ्गा, मणि कुमार लोप्चन,कुमार ओख्रेली,प्रकाश दास,मिलन पाख्रीन,अर्जुन रक लगाएत धेरै स्थानिय कलाकार हरुले भरपुर मनोरंजन दिएका थिए।लोकदोहोरी गाएक रित कुमार श्रेष्ठले "तिमिलाई जालमा नपारे त बाउको छोरो होईन" भन्ने बोलको गीतमा दर्सकलाई छमछमी नचाए।लोकदोहोरी गायिका कमला गुरुङले बिभिन्न तीजका पुराना मौलिक भाकामा गीत गाएर नचाईन।नेपालबाट आमन्त्रित अथिति कलाकार चर्चित सेलो तथा म्हेन्दोमाया गायिका मिना लामाले विभिन्न सेलो र म्हेन्दोमायाका चर्चित गीत गाएर दर्शक स्रोताहरुलाई नचाएर खलखली पसिना आउने बनाईन।तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनिहरु हात समाई गोल लागेर म्हेन्दोमाया सस्कृतिमा नाच्दा छुट्टै आभास झल्किन्थ्यो।सास्कृतिक एकता बहुलजातीय एकता सौहार्दता कला प्रती सम्मान साथै रास्ट्रीय एकताको गतिलो सन्देस देखिन्थ्यो।त्यसैगरी अतिथी कलाकार बुद्धवीर थापाले दमदार प्रस्तुती दिएका थिए।
FFL(friends for life,life for nation) लेखिएका टिसर्ट पहिरिएका धेरै दर्शकहरू पनि त्यो भिडमा देखिएको थियो।FFL का एडमिन दिपक आधी ले बोल्दै अहिलेको अवस्थामा सामजिक सन्जालमा राम्रा भन्दा नराम्रा कार्य धेरै हुने हुँदा आफुहरुले एउटा सहयोग र समाज परिबर्तन सामजिक संजालबाट नै सुरुवात गरेको बताए।यो सस्थाको उदेस्य बृहत् रहेको र कुनै समस्या पर्दा जुनसुकै बेला पनि यो समुहलाई सम्झिन सकिने जानकारी गराए।प्रत्येक टोल टोलमा बाल मैत्री स्कुल निर्माणको अभियान रहेको र जुन स्कुलमा अध्यन गरेको विद्यार्थी एउटा सक्षम सवल स्वदेशमै रोजगार गर्न सक्ने हओस भन्ने उदेस्य अनुरुप काभ्रेपलान्चोक को पाचखालमा स्कुल निर्माण भइरहेको बताए।
स्थानिय कलाकारहरु अमिन ,कैलाश र जलजलाको टिमले "प्रदेश जाने दाजुभाई" भन्ने बोलको गीतमा सेलो नृत्य,नेपाल कला केन्द्रका रसिका र मोहोनको नृत्य,जलजलाको टिमबाट म्हेन्दोमाया ग्रुप डान्स,डान्सर मोडल सृजना गुरुङ्को नृत्य,नृत्य तथा कोरियोग्राफर सङ्गम को नृत्य लगाएतका प्रस्तुतिले सम्पुर्ण उपस्थित दर्शक स्रोताहरुलाई मनोरञ्जन दिएका थिए।अमर स्याङ्तानले कमेडी देखाएर हसाए भने दोश्रो कार्यक्रमको संचालन द्वोय लोक दोहोरी गायिका नानू घले र राज लोप्चनले गरेका थिए।