रोल्पाको गंगादेव गाउपालिकामा ३५ जनाको पिसिआर पश्चात् ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछी एक हप्ताका लागि गाउपालिका सिल गरिएको छ।
गाउँपालिका कावा अध्यक्ष जलेश कुमार केसीद्वारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन।भारतबाट आएका ३५ जनाको पिसीआर परिक्षण राप्ति बिज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । संक्रमण पुष्टी भएका आठै जना गाउँपालिकाको क्वारेन्टिनमा रहेको बताईएको छ।
संक्रमण पुष्टी हुनेहरुमध्ये २ नम्बर वडामा २ जना पुरुष (वर्ष १८ र २२), ४ वडा नम्बर वडामा २ जना पुरुष र १ महिला (वर्ष २८ ,३२ पुरुष र २२), ५ नम्बर वडामा १ जना पुरुष (वर्ष ४५), ७ नम्बर वडामा एक पुरुष र १ महिला (बर्ष ३९ र ४७) गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि भए सङ्गै आकस्मिक बैठक बसी आज मिति २०७७ असोज ४ गते देखि आगामी २०७७ असोज १० गते राती १२ बजे सम्म लागू हुनेगरी गाउँपालिकालाई पुर्ण रुपमा सिल गरिएको बिज्ञप्तिमा उल्लेख छ।
गाउँपालिका भित्र रहेका निजि , सरकारी तथा गैरसरकारी संघ संस्थाहरु,बैंक बित्तीय संस्था,स्कुल लगाएत सम्पुर्ण कार्यलयहरु बन्द गरिनुका साथै त्यहाँ स्थित विभिन्न धार्मिक क्षेत्र,भेला ,सभा ,गोष्टि पुजापाठ पुर्ण रुपमा बन्द गरिएको छ भने एक वडाबाट अर्को वडा तथा एक घरबाट अर्को घरमा जान समेत बन्द गरिएको छ।