दिल कुमार श्रेष्ठ, दोहा
नेपाली राजदूतावास कतारको आयोजनामा "राष्ट्रिय दिवस तथा बिशेष संविधान दिवस" कार्यकम सम्पन्न भएको छ ।
दूतावासको सभाहलमा सनिवार सम्पन्न कार्यक्रममा दूतावास परिवार तथा कतारका नेपाली समाजका अगुवा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा महामहिम राजदुत डा. नारद नाथ भारद्वाजले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु–भाषागत, बहु–धार्मिक, बहु–सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो रहेको बताएका थिए । साथै नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेको खुशी ब्यक्त गरेका थिए ।
नेपालको संविधानले सबै नेपाली नागरिकको समानता, स्वतन्त्रता, गरिमा र मानबअधिकारको ग्यारेन्टी दिएको र देश बहुजातीय, बहुभाषि, बहुधार्मिक, बहु सांस्कृति र भौगोलिक दृष्टिले विविध बिशेषताको मुल्य मान्यता का साथै सामाजिक आर्थिक र सांस्कृतिक विकासलाई बढावा दिएको बताएका थिए ।
दूतावास प्राङ्गणको सभाहलमा दिपप्रज्वलन गर्दै सुरुवात र केक काटेर समापन गरिएको कार्यक्रमको संचालन ऋचा भट्टराईले गरेकी थिईन ।