राप्रपा संयुक्तका वरिष्ठ नेता राजाराम श्रेष्ठले कम्युनिस्ट ब्यबस्था भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यबस्था भएको बताएका छन।
राप्रपा र राप्रपा संयुक्तको एकता प्रक्रियामा ढिलासुस्तीले पार्टी भित्र अन्योलता छाएको भन्दै दुई पार्टी एकीकरण गराउन नेतृत्वलाई दबाब दिन बसेको बैठकमा पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले सरकारको कार्यलाई समेत आलोचना गरेका छ्न।
छलफलको उदेश्य पार्टी भित्रको एकता प्रक्रियामा विवाद आएपछि पार्टी निर्वाचन आयोगमा दर्ता रोकिएको अवस्थामा पार्टी मिलाउनु पर्ने र देशमा बलियो राष्ट्रवादी शक्तिको खाचो र शुभचिन्तक,कार्यकर्ताहरुको चाहानालाई पूरा गर्न साथै यो राष्ट्रमा परम्परालाई धान्ने देशको धर्म र राजालाइ मान्ने शक्ति आवश्यकता रहेको बताएका छन।अहिले देश अभिभावक बिना टुहुरो भएको अवस्थामा सहारा दिन पार्टी एकीकरण आवश्यकता भएकोले चाँडो भन्दा चाँडो टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने बताएका हुन।
खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यवस्था भनेको कम्युनिस्ट हो। जनताको मतबाट नभई बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने सोच राख्छन् । दुइतिहाई प्राप्त सरकारले मुलुकको निमित्त सिन्को भाच्न सकेन असाध्यै अफ्ट्यारो परिस्थितिबाट देश गुज्रिरहेको छ राष्ट्रिय एकताको भावना ,राष्ट्रको स्वाभिमान , स्वाधीनता , अखण्डता दाउमा परेको अवस्था छ जब राष्ट्रवादि शक्ति कमजोर हुन्छ तब स्वभाबिक ढङ्गले राष्ट्र कमजोर हुन्छ।अहिले राष्ट्रवादी शक्ति कमजोर भएको छ तसर्थ राष्ट्रवादी एकता र मजबुत हुन जरुरी रहेको बताएका थिए।
कोरोनाको महामारी फैलिएको छ यस्तो बेलामा जनताको ज्यान कसरी जोगाउने भन्दापनी नक्कली कीट,स्वास्थ्य सामाग्री ल्याएर कमिसन हसुर्ने तिर सरकारको ध्यान केन्द्रित भएको र राज्यको ढुकुटीमा ब्रम्हलुट गरेर खाने सरकार भन्दै आक्रोश व्यक्त गरे।
पुजीवादी ,सामन्ती ,दलालहरुको विरोध गर्ने भनी आएका सत्तासिन आफै पुजीवादी,सामन्ती र दलालहरुको दलाल भएर बसेको छ। यस्तो अवस्थामा राप्रपा भिन्नभिन्न भएर बसिरहेका छौ राष्ट्रवादी शक्ति एकठाउमा आउनुपर्छ पार्टी एकता हुनुपर्छ। हाम्रो भुमिका देशले खोजिरहेकोले अब जतिसक्दो चाडो पार्टी एकतालाई पुर्णता दिदै सशक्त ढङ्गबाट मुलुकको राष्ट्रिय राजनीतिमा उपस्थित हुनको विकल्प नरहेको बताए।