राप्रपा एकता प्रक्रियामा केही विवाद र ढिलासुस्ती देखिएपछी नेतृत्व पक्षलाई दबाब स्वरुप विभिन्न चरणागत रुपमा अनौपचारिक कार्यक्रम भईरहेका छन।
पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठको संयोजकत्वमा पार्टी नेताहरु किशोर बहादुर कार्की,जनकराज पाठक ,रबिन्द्र प्रताप शाह,राजु लोहनी ,श्याम खडकाको सक्रियतामा रहेको उक्त बैठकमा केन्द्रिय नेताहरू भरत पाठक ,मिना सुवेदी ,निर्मला श्रेष्ठ,बिन्दा गिरि,काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरे,भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछाने लगायत दर्जनौं नेताहरुको उपस्थितमा चाबहिल स्थित पार्टी कार्यलयमा अनौपचारिक बैठक आज सम्पन्न भएको छ।
कोबिड-१९ को प्रभावका कारण समुहगत रुपमा प्रथम चरणको गत मंगलबार र दोश्रो चरणको आज शुक्रबार गरि दुई चरणमा छलफल बसेको छ।बैठकको मुख्य उदेश्य पार्टी भित्रको एकता प्रक्रियामा विवाद आएपछि पार्टी निर्वाचन आयोगमा दर्ता रोकिएको अवस्थामा पार्टी मिलाउनु पर्ने र देशमा बलियो राष्ट्रवादी शक्तिको खाचो र शुभचिन्तक, कार्यकर्ताहरुको चाहानालाई पूरा गर्न साथै यो राष्ट्रको परम्परालाई धान्ने देशको धर्म र राजालाइ मान्ने शक्ति आवश्यकता परेको छ मुलुक अभिभावक बिना टुहुरा भएको छ।तसर्थ सहारा दिन एकीकरण आवश्यकता छ। चाँडोभन्दा चाँडो एकीकरण टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब दिन बैठक बसेको नेता राजाराम श्रेष्ठले मुग्लानी खबरलाई बताए।
पार्टी एकीकरण घोषणा पश्चात् पार्टीभित्रको गुटबन्दी, नेतृत्वको भागबन्डाका कारण पार्टी दर्ता हुन नसकेकाले उक्त बैठक बसेको जनाएका छन।उनले राष्ट्रिय राजनीतिको मुलधारमा रहेका राष्ट्रवादिहरु सडकमा आउन जरुरी रहेको बताउदै ,यो ब्यवस्था धोस्त पार्नुपर्छ भन्नेहरु पनि सडकमा भएको अवस्थामा खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यवस्थालाइ कम्युनिस्टहरु जनताको मतबाट नभई बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने सोच राख्छन् ।
दुईतिहाईको सरकारले मुलुकको निमित्त सिन्को भाच्न सकेन र देश असाध्यै अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ।राष्ट्रिय एकताको भावना ,राष्ट्रको स्वाभिमान ,स्वाधीनता , अखण्डता संगै राष्ट्रका हरेक संबेदनसिलताहरु दाउमा परेको अवस्था छ।जब राष्ट्रवादि शक्ति कमजोर हुन्छ स्वभाबिक ढङ्गले रास्ट्र कमजोर हुन्छ।अहिले राष्ट्र कमजोर भएको अवस्था छ त्यसकरण सम्पुर्ण राष्ट्रवादी शक्तिको एकता र मजबुत हुन जरुरी छ।
कोरोनाको महामारी फैलिएको छ यस्तो बेलामा जनताको ज्यान कसरी जोगाउने भन्दापनि पुजीवादी , सामन्ती, दलालहरुको विरुद्ध लड्ने संखघोष गरेका सत्तासिन आफै यस्तो अवस्थामा राप्रपा भिन्नभिन्न भएर बसिरहेका छौ।अब राष्ट्रवादी शक्ति एकठाउँमा आउनुपर्छ र पार्टी एकता हुनुपर्छ। हाम्रो भुमिका देशले खोजिरहेकोले अब हामी सशक्त ढङ्गबाट मुलुकको राष्ट्रिय राजनीतिमा उपस्थित हुन सकेनौ भने देश साच्चिकै बर्बाद हुन्छ।देशलाई जोगाउन जिम्मेवारी राष्ट्रवादी शक्ति चाहिएको छ त्यसैले पार्टी एकता अपरिहार्य भएको राप्रपाका वरिष्ठ नेता राजाराम श्रेष्ठले बताएका छन।
त्यसैगरी अर्का नेता जनकराज पाठकले बोल्दै आधारपत्रको १० बुदामा तिनै अध्यक्षले हस्ताक्षर गरेतापनी कार्यन्वयन गर्न नसक्दा औचित्यहिन रहेको बताएका हुन।त्रय पार्टी अध्यक्ष हरुले सहि गरेको कागज नै कार्यन्वयन भएको छैन।पार्टीको अध्यक्षले औपचारिक रुपमा हस्ताक्षर गरेको निर्णयहरुलाई अलपत्र किन? नेतृत्वले गरेको दस्तखत लावारिस बनाउन मिल्छ?
३२७ केन्द्रिय सदस्य सहित निर्वाचन आयोग जाने भनेको केले अफ्ट्यारो पार्यो?कार्यन्वयन नगर्ने भए त्रय अध्यक्षले किन हस्ताक्षर गरेको? पार्टी दर्ता नगर्ने थियो भने किन एक पछि अर्को गर्दै त्रय अध्यक्षद्वारा गलत कदम चालियो? अनौपचारिक बैठक भन्दै अध्यक्षको नेतृत्वमा कमल थापाले आफ्नालाई मात्र बोलाइ बैठक बस्न पाइदैन । केन्द्रिय अध्यक्षले बैठकको नेतृत्व गरेको छ उक्त बैठकलाई अनौपचारिक भन्न मिल्दैन ।अध्यक्ष भनेको सस्था हो, सस्था जहाँ उभिन्छ त्यहाँ वैधानिकता हुन्छ।तसर्थ गुट्रको नेतृत्व होइन । कतिपय जिल्लाहरुमा एकीकरण भैसकेको अवस्थामा छ भने केन्द्रमा अझै अन्योलपुर्ण बाताबरण भएपछी कार्यकर्ता पलायन हुने, पार्टी छोडने क्रम हुदा समेत सम्बोधन किन भएन?पार्टीमा पहिरो गयो यसलाई रोक्न एकीकरण अपरिहार्य छ अब सबैले दबाब दिनुपर्छ भन्ने तर्क राखेका थिए।
पहिलो चरणको दबाब बैठक मंगलबार पार्टी कार्यलयमा बसेपश्चात त्रय अध्यक्षको ध्यानाकर्षण भएको हो भने चाडै सकारात्मक परिणाम आउने जनाएको थियो ।यो दोस्रो चरणको बैठकमा नेताहरूले छलफललाई जारी राखेर अध्यक्ष त्रयलाई पार्टी एकता टुट्न नदिन र दर्ता प्रक्रिया शीघ्र सम्पन्न गर्न दबाब पनि दिँदै जाने बताएका थिए।