मुग्लानी खबर
8 अगस्त 2017-सोमबार
तामाङ समुदायको अत्यन्तै चर्चीत लोक सस्कृती म्हेन्दोमाया गायनबाट चर्चाको शिखर चुम्दै दर्शक श्रोताको मुटुको ढुकढुकी बन्न सफल किस्पाङ गाउपालिका वडा न. ३ नुवाकोटका म्हेन्दोमाया गायक सागर एस वाईबा तामाङ नेपाली सांगीतिक फाँटमा पछिल्लो समयका स्थापित गायक हुन । म्हेन्दोमाया सांगीतिक धरातलबाट आफ्नो साङ्गीतिक यात्रा शुरु गरेका सुमधुर स्वरका धनि गायक सागर एस वाईबाले म्हेन्दोमाया,तामाङ सेलो,नेपाली लोक मेलोडीमा गरि दुईसय भन्दा बढी गीतमा स्वर दिएर म्हेन्दोमाया गीत सङ्गीतमा चर्चित तथा "म्हेन्दोमाया किङ्ग"को उपाधी पाईसकेका छन् । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुका लागि म्हेन्दोमायाबाट पहिलो रोजाईमा पर्ने गायक पनि हुन। उनै चर्चित म्हेन्दोमाया गायक सागर एस वाईबासँग मुग्लानी खबर अनलाईद्वारा गरिएको सांगीतिक भलाकुसारी ।
नमस्कार यहाँलाई मुग्लानी खबरमा हार्दिक स्वागत छ !!
धन्यबाद।
साँगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बच्चै देखि गायनमा इच्छा नभएपनि अभिनय क्षेत्रमा चाहिँ औधी चासो थियो जब एस एल सी पास गरेर साएद मलाई आज गायक बन्ने भाग्यमा लेखेर होला संयोगले Fine Arts Campus ललितपुरमा सङ्गीत बिधाको गायन बिधामा भर्ना पुगे त्यसपछि मेरो साँङ्गीतिक यात्रा शुरूवात भयो।
तपाईको बिचारमा कलाकारीता भनेको के हो ?
कला एउटा अन्तर मनको आभास हो ।सुखदुखमा हर पल लाखौ करोडौ मनहरुमा ठोक्किएर खुसी दिलाउने कला हो।
कलाकारीता क्षेत्रमा लागेर के पाए के गुमाए जस्तो लाग्छ नि ?
कलाकारिता क्षेत्रमा लागेर मेरो जिवनको एक।पाटो गुमाएको छु समय गुमाएको छु तर प्राप्त चाहिँ दर्शक स्रोताहरुको अमुल्य माया सुझाब सल्लाह पाएको छु।
आज भोली के मा ब्यस्त हुनुहुन्छ ?
म एउटा गायक मात्र नभएर किसान को छोरो हु यतिबेला खेतीपातीको सिजन चलेको छ त्यतैमा ब्यस्त छु र गीत रचना सङ्गीत रेकर्डिङ म्युजिक भिडियो निर्माण देश तथा बिदेशका कार्यक्रममा पनि त्यतिकै ब्यस्त छु।
तपाईको काम र दाममा कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एउटा singer,actor हो म आफ्नो काममा धेरै खुसी छु अब दामको बारेमा त बिनोद चौधरी ,वील गेट्स र आम्बानी जस्ता पनि खुसी छैनन भने म के भनौ हा हा हा.....
अहिले सम्म कतिवटा गीत गाउनुभयो ?
गणना नगरेकोले ठ्याक्कै यति नै छ भन्न त गाह्रो छ तर जहाँ सम्म लाग्छ दुईसय माथी नै होलान।
आफूले गाएको गीतमा सबैभन्दा बढी मन परेको गीत ?
गाएका सबै गीत मन पर्ने राम्रा छन तर अलि बढी मन मन्न पर्ने गीत "आई माया टङ आखाँमा" हो।
गायन क्षेत्रबाट कति कमाउनुभयो ?
हिसाब किताब लेखाजोखा राखिएन तर १७ बर्ष काठमाडौ मै बसाई छोराछोरी हुर्काउनु बढाउनु पढाउनु यो सबै गायन पेशा बाटै चलाउदै आएको छु।
पारिश्रमिक चित्त नबुझेर गाउन अस्वीकार गर्नु भएको छ कि छैन नि ?
गरेको छैन!साथीभाई परिस्थिति सबै हेर्नुपर्छ यो नै हुनुपर्छ भन्ने हुदैन।
वैवाहिक जीवन कस्तो चल्दैछ ?
अहिले हाम्रो बैबाहिक जिवनको सत्रौ बर्षमा चल्दै छ अहिले सम्म छुटेको पल छैन सुखी खुसी छौ र सफल पनि अहिले सम्म जितिरहेका छौ अब एकदिन हार्छौ त समय सङ्ग मात्र सङ्गै मरिदैन होला ।
अविष्मरणीय क्षण ?
२०६६ साल फागुन १६ गतेका दिन जुन दिन मेरो आमाले सदाको लागि छोडेर जानुभयो भन्ने सुने त्यो मेरो भुल्नै नसकिने क्षण हो।
नयाँ आउने प्रतिभालाई के भन्नुहुन्छ ?
आउनुहोस स्वतन्त्रता छ तर यो क्षेत्रमा आउदा बुझेर जानेर सोचेर आउदा धेरै राम्रो हो धेरै सोच्नुहोस थोरै गर्नुहोस सकेसम्म राम्रो गर्नुहोस तर नसके नराम्रो चाहिँ गर्दै नगर्नुहोस भन्न चाहान्छु।
तपाईं त म्हेन्दोमाया गीतबाट आउनुभएको गायक हो। म्हेन्दोमायामा अहिले विकृति आयो भनिन्छ नि के यो सत्य हो ?
अहिलेको अबस्थामा हरेक चिज बस्तुमा बिकृती त आउँछ नै तर कन्ट्रोल गर्नुपर्छ तर कति सम्म समाजले पचाउन सक्छ भन्ने कुरा प्रमुख हो।
म्हेन्दोमाया गित संगितमा यो बर्ष सबै भन्दा बढीमा स्वर दिनेमा तपाईंको नाम आउँछ अलिकती बताईदिनु न?
खै त्यो त मलाई थाहा भएन साएद हुन पनि सक्छ यहाँहरुले बुझ्न सकसक्नुहुन्छ !
बिदेशको कार्यक्रमहरुमा आफ्नो कला देखाउनु जानु भएको छ ?
पहिलो पटक सन 2013मा कतारबाट बिदेश कार्यक्रम शुरु भएको हो नेपाल प्रबासी तामाङ समाज कतार परिवार,थर्चा लामा जि,प्रकाश मामा जि,प्रशान्त तामाङ जि,शंखलाल तामाङ जि,शुकबहादुर तामाङ जिलाई धेरै धेरै धन्यवाद तथा सम्झिन चाहान्छु।
त्यसपछि मलेसिया दुई पटक गए लगत्तै यु ए ई,कुवेत,कोरिया,युरोप,बेल्जियम,पोर्चुगल,फ्रान्स,नेदरल्यान्ड घुमिसकेको छु दर्शक श्रोताहरुको आगाध माया पाईसकेको छु अब फेरि यही 1 सेप्टेम्बर 2017 का दिन कतारमा म्हेन्दोमाया समाज कतारले आयोजना गरेको प्रथम ऐतिहासिक म्हेन्दोमाया साँझ-२०१७ मा जाँदैछु।
तपाई संगित वा कुनै संघ संस्थामा आवद्ध हनुहुन्छ ?
म्हेन्दोमाया कलाकार संघ नेपालको संस्थापक अध्यक्ष हु।
अहिले कलाकारहरु पनि आफ्नो कलाकारितालाई बिर्सेर राजनिति गर्छन भन्छन नि के छ यहाँको भनाई ?
स्वतन्त्रता छ,आफ्नो हक हीत र अधिकारको उपयोग गर्न सबैले पाउनुपर्छ।कलाकारहरु राजनितिमा लाग्नुमा मेरो कुनै आपत्ती छैन।
भविश्यमा के बन्ने योजना छ ?
म यो बन्छु भन्नू भन्दा पनि म एउटा असल सामाजिक र मिलनसार ब्यक्ती बन्न चाहान्छु यसमै मलाई गर्व छ।
नेपालमा संगित क्षेत्रबाट जिन्दगी चलाउन सकिन्छ ?
सकिन्छ किन नसक्नु?बुद्धि खा आफु,बल खा अरु,आफ्नो जिन्दगी आफै चलाउने हो चलाउन जान्नु पर्छ चल्छ।
यहाँ सम्म आउनुको श्रेय कस्लाई दिनुहुन्छ ?
मलाई यहाँ सम्म ल्याउने दर्शक स्रोता तथा तपाइहरुको मायालाई दिन चाहान्छु साथै मेरो परिवार साथिभाई र सम्पुर्ण सहयोगीहरुको सुझाब सल्लाहले गर्दा यहासम्म आइपुगेको छु।
अन्त्यमा मुग्लानी खबर डट्कम मार्फत दर्शक श्रोताहरु के भन्न चाहानुहुन्छ ?
मलाई मेरा दुख सुख संघर्ष र सफलताका दुईचार कुराहरु राख्ने मौका दिनुभएकोमा मुग्लानी खबरलाई धन्यबाद दिन चाहान्छु र सम्पुर्ण दर्शक श्रोताहरु तपाईहरुको अनवरत सुझाव सल्लाह,प्रतिक्रिया र आगाध मायाले यहाँसम्म आइपुगेको छु यो सफलता मेरो नभई हजुरहरुको हो तपाईहरुको मायाको रिणी भएको छु अझै यस्तै निरन्तर मायाको अपेक्षा लिएको छु साथै यही आउदो सेप्टेम्बर 1 तारिखका दिन म्हेन्दोमाया समाज कतारले आयोजना गरेको प्रथम ऐतिहासिक म्हेन्दोमाया साँझ सास्कृतिक धमाकामा तपाईहरु सङ नाच्न नचाउन रम्न रमाउन म पनि कतारमा आउदैछु जतिपनी कतारमा कार्यरत तामाङ तथा गैरतामाङ नेपाली दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ सबैमा चुलेनिम्तो छ है जसरी पनि आएर कार्यक्रमको सोभा बढाईदिनुहोला धन्यवाद ।
भिडियोहरु
https://www.youtube.com/watch?v=9YMZ249vsBQ
https://www.youtube.com/watch?v=--hl5KhcVkE
https://www.youtube.com/watch?v=vPK4nDIzwBE
https://www.youtube.com/watch?v=9WsD4jlfH7I
https://www.youtube.com/watch?v=VmS8dnT_Kn4
https://www.youtube.com/watch?v=Qmn2hDkJr7Q