अर्घाखाँची/ अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच द्वारा मृगौला पीडित न्यौपानेको परिवार लाई आर्थिक सयोग गरेको छ। कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वार्ड ४ झुगा का २७ वर्षीय हरि न्यौपानेको दुवै मृगौला ले काम गर्न छाडे पछि परिवार ले सयोगको याचना गरेका थिए । पीडित परिवार को आर्थिक अवस्था कम्जोर भएको ले खर्च निकै आउने हुदा आर्थिक समस्या भएको थियो। परिवार ले सहयोग पाए बाँच्ने थिए भनेर हारगुहार गरेपछि अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (IACO) संस्था ले सयोग गरेको हो । मृगौला पीडित हरि न्यौपाने बहिनिको एकाउन्ट खातामा सोह्र हजार(१६०००) जम्मा गरिएको अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (IACO)का संरक्षक राम प्रसाद पराजुलीले जानकारी दिएका छन ।
अर्घाखाँची सम्पर्क मंच (IACO) संस्था का अध्यक्ष रन्जीत कुमार क्षेत्री को तर्फबाट तीन हजार , संरक्षक राम प्रसाद पराजुली को तर्फबाट तीन हजार, संस्थाका प्रमुख सल्लाहकार युवराज केसी को तर्फबाट तीन हजार , कोषाध्यक्ष सुर्य थापा बाट दुई हजार , सदस्य ईश्वर जङ्ग थापा क्षेत्री बाट दुई हजार , बसन्त खड्का दुई हजार र रमेश केसी को तर्फबाट दुई हजार संकलन गरि पठाइएको थियो ।
पीडित हरि न्यौपाने ले आफ्ना बुबा पनि गुमाए दाजु पनि सदाको लागि संसार छोडे पछि परिवारमा आर्थिक समस्या आएको हो । बाबा ब्रेन ट्युमर भएका र एक दाजुको पनि निधन पश्चात् सानो झुपडीमा बस्न बाध्य भएको समाज सेवी युवराज केसी ले बताए । पीडित हरि को बहिनी कृस्टी न्यौपाने ले मन बचन र कर्मले सयोग गरेको भन्दै संस्था लाई धन्यवाद प्रकट गरेकि थिन ।
विभिन्न देशमा रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच (IACO)ले दिन दुखी को सेवामा हातेमालो गर्दै आइरहेको छ ।
परिवार श्रोतका अनुसार आर्थिक जुटेपछी आमा ले एउटा किट्नी दिने बताइएको छ । तलदिएको नम्बरमा सहयोग गर्न परिवार ले आग्रह गरेको छ ।
मोबाइल नम्बर - ९८६१६७८०७०, ९८०७४४१५०७