शिवराज गौतम/आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार नजामुद्दिन कवारी र देवप्रसाद राईलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार रीयाल पुरस्कार प्रदान गरी सम्मानित गरयो । नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका विच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए ।
सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । गरिव परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेकाछन् ।
उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्चशिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् । कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भईकन आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा कामगर्न पाउनु आफनो अहोभाग्य भएको कवारीले बताए ।
अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देवप्रसाद राईपनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमीका राईपनि अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेकाछन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।
कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए ।
कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए । आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएकाछन् ।
उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकनस्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।