नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पद मुक्त ग़रे लगतै रसुवा ज़िल्लाका बिभिन्न क्षेत्रमा स्व:स्फूर्त रुपमा नागरिकहरुले कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नु पर्छ भन्ने माग सहित सरकार बिरूद्ध जुलूस गरेकाछन ।
कुलमान घिसिङ तत्कालीन ऊर्जा मन्त्री प्रकाश शरण महतले चिलिमे जलबिधुत आयोजनामा एम डि पदमा नियुक्ति गरी पठाए लगत्तै रसुवावासीलाई स्थानीय तह प्रभावित क्षेत्रका जनताले १०% शेयर प्राप्त गर्ने निर्णय र प्रभावित क्षेत्रकै स्थानीयवासीलाई रोज़गारीको प्राथमिकता लगायतका काम र कर्मचारी व्यवस्थापन र अन्य क्षेत्रका निकायहरु संगको राम्रो सम्बन्ध राख्ने उनको क्षमताका कारण चिलिमे जल विद्युत आयोजनाले उनको् कार्यकालमा रसुवामा रसुवागढ़ी जल विद्युत आयोजना १११ मेगावाट , सानजेन ५५ मेगावाट र सिंधुपालचोकमा मध्य भोटेकोशि ११० मेगावाट जल बिधुत आयोजनाहरु शुरू गरी युद्ध स्तरमा काम गर्ने क्रममा कुलमान घिसिङलाई तत्कालीन ऊर्जा मंत्री राधा ज्ञवालीले चिलिमे जल बिधुत आयोजनाबाट हटाई प्राधिकरणमा फ़िर्ता बोलाएका थिए।
रसुवाका जनताको मनमा बस्न सफल कुलमान घिसिङलाई पुनः चिलिमे जल बिधुत आयोजनामा नियुक्ति गरिपाऊँ भन्दै विभिन्न चरण बद्ध तरीक़ाले ३ महीना सम्म रसूवाली जनताले आन्दोलनहरू गरेका थिए । तर सरकारले केही नसुने पछि रसूवाली जनताहरू निराश भएका थिए भने अहिले पनि रसूवाली जनताहरु भन्ने गर्दछन यदि उनी भएको भए २ वर्ष अगाड़ी नै उनिद्वारा संचालन गरिएका आयोजनाहरू सम्पन्न भैइसकेका हुने थिए। । यसरी नै बिधुत प्राधिकरणले कुलमान घिसिङले २०७१ सालमा १० बर्षौ देखी काम गर्न नसकेको रहुघाट जल बिधुत आयोजनामा एमडि नियुक्त गरी पठाए संग़ै उनले चमत्कारिक रूपमा काम संचालन गरी युद्द स्तरमा काम संचालन गरी क्षमता प्रदर्शन गरेका थिए।
कुलमान घिसिंग २०७२ सालमा बिधुत प्राधिकरणको एमडिको रूपमा नियुक्त गरे लगतै रसूवाली जनताले कुलमान घिसिङको नियुक्ति संग़ै बिभिन्न प्रकारले बधाई तथा शुभकामना व्यक्त गरेका थिए र भनेका थिए कुलमान घिसिङ हाम्रो सान हो ! बधाइ दिने क्रममा बागमती प्रदेश रसुवाका माननीय सांसद प्रभात तमाङले समेत कुलमान घिसीङ लाई ट्याग गर्दै २०७२ साल भदौ २९ गते फेसबुक वालको स्टाटस एक स्टाटस जारी गर्दै बधाई तथा अग्रिम शुभकामना ब्यक्त गरेका थिए।
सांसद प्रभात तामाङले जारी गरेको फेसबुक स्टाटस जस्ताको तस्तै:
“जलविद्युत क्षेत्रका आशाका केन्द्र कुलमान घिसिङ तामाङ नेपाल विद्युत प्राधिकरणको एम डीमा नियुक्ति हूनू भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!! आशा छ यहाँले जलविद्युत क्षेत्रमा आमूल परिबर्तन ल्याउनुहुनेछ , आजको दिन बाट हामी नेपालीले नेपालको जल क्षेत्रको उच्च विकाश हूने आशा लिएका छौ !
बधाई दिए सङ्गै नेपालीको आशाको केन्द्र र बिश्वासका पात्रका रुपमा रहेका घिसिङले क्रमस सफलता प्राप्त गर्दै गए।काठमाण्डौ उपत्यकालाई लोड सेडिङ मुक्त घोषणा गर्दै पूरा नेपाललाई समेत लोड सेडिङ मुक्त गराएपछी उनको वाहवाही ह्वात्तै बढेको हो।घाटामा रहेको नेपालकै ठूलो संस्था नेपाल बिधुत प्राधिकरण घाटा पुर्ती गर्दै नाफामा ल्याउन सफल समेत भएका छन।
उनको चार बर्षिय कार्यकाल सकिदै गर्दा प्राधिकरणको प्रबन्ध निर्देशकमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गर्नुपर्छ भन्दै जनदबाब भैइरहेको थियोे।यद्यपि उनि प्राधिकरणको कार्यकारी प्रबन्ध निर्देशकबाट गत भदौ ३० गते बिदा भैइसकेका छन भने काठमाण्डौ उपत्यका लगाएत देशका विभिन्न क्षेत्रमा उनको नियुक्त नगरी सरकारले पदमुक्त गरेको अक्रोस र कुलमान घिसिङको समर्थन सरकारका बिरुद्धमा शान्तिपुर्ण नारा जुलुस भैइरहेका छन।