भदौ ३० झापा कमल / झापाको कमल गाउँपालिका वार्ड नं ३ केराधाप स्थित बगाने टोल भित्र रहेको उत्तर पट्टी जाने बाटोको नाम धनराज मार्ग नामकरण गरिएको छ ।
यस बगाने टोल भित्र धेरै बाटो रहेको तर कुनै पनि नामले परिचित नभएकोले कुनै पनि काम गर्दा सहज नभएको, विकासको लागि या मानिसहरु आवजजावत गर्दा सहज हुनको लागि यो नाम राखीएको हो ।
यस धनराज मार्ग समाजिक अभियन्ता बसन्त राज सुब्बाको संयोजकतामा भव्यताको साथ स्थापना भएको छ ।
धनराज लिम्बू (योङहाङ) एउटा यस्तो व्यक्ति हुनुहुन्थियो जो ब्रिटिश सेनामा कार्यरत हुदा हुदै नेपालमा निरंकुश राणा शासन अन्त्य गर्न ब्रिटिश सेना त्यागी नेपाली कांग्रेसले बनाएको जनमुक्ति सेनामा एउटा प्रशिक्षकको भूमिकामा अग्रसर रही प्रजातन्त्र प्राक्तिको लागि लड़ने प्रजातान्त्रिक सेनानी हुनु हुन्थियो ।
उहाँ यस क्षेत्रमा लामो बसोबास गर्ने स्थायीबासी हुनुहुन्थियो । हाल उहाँको निधन भईसकेको भएतापनि उहाँको परिवार यही ठाऊँमा बस्दै आईंरहनु भएको छ । उहाँको समाधिस्थल यसै ठाऊँमा रहेको छ । उहाँ मिसनसार , सबैमा सदभाव पुर्ण व्यवहार गर्ने , सहयोगी साथै उहाँ लेखक पनि हुनु हुन्थियो ।
आज स्थानीयबासी , बुद्धिजीवी , सामाजिक अभियान्ता ,नेतागण, पत्रकारहरुको उपस्थितिमा उहाँको समझनामा धनराज मार्गको स्थापना गरिएको छ ।
स्थानीयबासी तथा टोल विकास समिति सदस्य कुल चन्द्र आचार्य , सामाजिक बुद्धिजीवी तथा अभियन्ता तोया न्यौपाने , बिजू थेबे लिम्बू, राम कृष्ण गिरी, किरण अधिकारी , गोबिंद्र न्यौपाने, देव भुजेल , मनिस भण्डारी उहाँहरुले समेत धनराज मार्ग स्थापना भएकोमा सकारात्मक कार्य भएको भन्दै मार्ग स्थापना भए सगै यस मार्ग को सुधारको निम्ति अझ प्रयत्नशील भएर लाग्नु पर्ने विचार व्यक्त गरेका थिए ।