बसन्त राज सुब्बा/झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तर्गत वडा नम्बर ४ को समायोजन समिति सम्पन्न भएको छ ।
आज कमल गाँउपालिका वार्ड नं ४ स्थित किराँत चोकमा आयोजित वडा भेलाले वडा नम्बर ४ को जसपा पार्टी समायोजन जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला राइको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि प्रदेश १ का युवा अध्यक्ष रोशन लिम्बुको उपस्थितीमा अध्यक्ष लीला बहादुर राइको अध्यक्षतामा १३ जनाको वडा समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रह्लाद लिम्बु ,सचिव धर्मेन्द्र राइ सहसचिव दिलिप लिम्बु र कोशाध्यक्षमा कल्पना मगर रहेका छन । त्यस्तै सदस्यहरुमा बुद्धी लिम्बु ,धनराज राइ , पर्वत राइ ,हस्त बहादुर राइ ,निमा राइ , प्रताप राइ मिन्टप राइ र नर बहादुर भुजेल रहेका रहेका छन ।
सम्पन्न भेलाले चन्द्रबहादुर राइको संयोजकत्वमा तिन सदस्य सल्हाकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रेमकुमार राइ र लक्ष्मी राइ । केन्द्रमा समायोजन निर्देशिका जारी गरेसँगै जसपा झापाले समायोजन तथा संगठन निर्माणका गतिबिधिहरुमा सक्रियता बढाएको छ ।
आज सम्पन्न कार्यक्रममा कमल गाँउपालिकामा क्रियाशिल साबिकका दूबै पार्टीका अध्यक्षहरु महेश राजवंशी, प्रेम कुलुङ तथा पार्टीका प्रदेश, जिल्लाका नेता तथा युवा नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु भिमराज राई , दिनेश दँगाल, जिल्ला अध्यक्ष दीपेन वाला राई , युवा प्रदेश अध्यक्ष रोशन लिम्बु , उपाध्यक्ष तोया न्यौपाने लगायतले पार्टी तथा संगठनको बारेमा धारणा राखेका थिए ।
युवा संगठनका झापा उपाध्यक्ष कमल गुरुङ , कमल वार्ड ३ ,४ अध्यक्ष देबेन्द्र लिम्बू , अध्यक्ष दिलीप लिम्बु, सचिब मनाङ नेम्वाङ , सोनिम विक र मनाङ लिम्बू लगायतका युवाहरु उपस्थित रहेको थियो ।