कोरोना कहरका बिच नवोदित साहित्यक वाचनलय कतारको बाह्रौँ अधिबेशन सम्पन्न भएको छ ।
“भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारा सहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक वाचनालय कतारको बार्हौ अधिवेशन सम्पन्न भएको हो ।
सुन्दर स्थल अलदोसरी स्थित जु मा संस्थाका अध्यक्ष दिलीप पराजुलीको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
त्येसैगरी सन्ध्या ग्रुप - मुग्लानी सौगात अलखोरका कार्यवाहक अध्यक्ष सन्तोष केसी, राज रुजाल लगायत विशेष आतिथ्यतामा थिए । १०४ औँ रचना वाचन डबली तथा नेपाली साहित्याकाशको गजल विधाका गजल पिता मोतीराम भट्टको १५५ औ जन्म जयन्ती मनाउदै रूप रसाईले मोतीराम भट्टको जीवनी जानकारी गराएका थिए ।साथै कार्यक्रममा चक्र कार्कीले स्वागत मन्तव्य राखेका थिए
कार्यक्रममा साहित्य श्रस्ट्रा टिका खड्का, दीप प्रदीप कुमार, यादव रेग्मी, माया केसी, सुरेश परियार, सानु थपलिया तथा तीर्थ सङ्गम राई लगायतले आफ्ना रचना वाचन गरेका थिए भने निवर्तमान अध्यक्ष दीप मीलन लाई दोसल्ला र सम्मान पत्र बाट सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै केसीले संस्थागत सहकार्य अटुट रहने विश्वास व्यक्त गरे भने प्रमुख अतिथि थापाले कोरोनाका कारण सुस्ताएको साहित्य जगत पुन जुरमुराउन लागेको र भर्चुअल सुविधाको प्रयोगबाट पनि साहित्य कर्मलाई निरन्तर दिन नहिच्काउन अनुरोध गरेका थिए । पहिलो चरणको कार्यक्रमको समापन गर्दै अध्यक्ष दिलिप पराजुलीले १४ महिने कार्यकाल सफल बनाउन अहंम भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आफू साहित्य जगतमा नै रहने प्रतिबद्दता व्यक्त गरेको थिए । औपचारिक कार्यक्रमको संचालन महासचिव तिलु सर्मा पौडेलले गरेका थिए
बन्द सत्रवाट अध्यक्षमा चक्र कार्की, प्रथम उपाध्यक्ष टिका खडका, दित्तिय उपाध्यक्ष रूप रसाइली, मोबाइल पुस्तकालय संयोजक दीप प्रदीप कुमार, महासचिव महेन्द्र खड्का, सचिव नारायण भण्डारी, कोषाध्यक्षमा पुन शेखर बस्नेत, सह-कोषाध्यक्ष बिन्दा लामा , सदस्यहरूमा सुरेश परियार, सुरेसमान रुम्वा, सानु थपलिया, राम अधीन र कमेन्द्र शाही निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक तीर्थ सङ्गम राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।