नेपाल प्रवासी तामाङ समाज कतारको संयोजकत्वमा समाजको संरक्षकत्वमा रहेका संस्थाहरु "म्हेन्दोमाया समाज कतार" र "तामाङ कलाकार संघ कतार" को सहकार्य साथै "तामाङ समाज नेपाल" को समन्वयमा सिन्धुपाल्चोक जुगल गाउँपालिका लिदी वडा नम्बर–२ का पहिरो पिडितहरुको लागी दोस्रो चरणको राहत वितरण कार्य सम्पन्न भएको छ ।
तामाङ सामाज नेपालका उपाध्यक्ष सन्जय वाइबा तामाङको अध्यक्षतामा साथै सम्बन्धित स्थानीय निकायका जनप्रतिनिधिहरु अतिथिहरुमा जुगल गाउँपालिकाका प्रमुख होम नारायण श्रेष्ठ, उप- प्रमुख सृजना तामाङ, वडा अध्यक्ष जुगल-२ प्रताप लामा, वडा सदस्य जुगल-२ बिष्णु दोङ , अन्तर्राष्ट्रिय तामाङ परिषद् (ITC) का केन्द्रिय सचीव रोबिन लामा थिङ, अध्यक्ष हार्टबिट जुजुकाजी महर्जन, सगु प्रोड्क्सन प्रा. लि. प्रबन्ध निर्देशक तथा नेपाल प्रवासी तामाङ समाज कतारका मानार्थ सदस्य गणेश अधिकारी लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो।
दोश्रो चरणको राहात स्वरुप बस्ती पुनः निर्माणका लागी नगद रु २,१६,४५५/- (अक्षेरुपी रु. दुई लाख सोह्र हजार चार सय पच्पन्न), बासस्थान (घर) पुर्ण रुपमा क्षति भएका २८ परिवारलाई प्रति परिवार एक एक थान तथा बासखर्क स्वास्थ्य चौकीलाई एक थान (प्रती थान एक मेट्रीस्, एक तन्न र एक ब्ल्याङकेट) गरी जम्मा २९ थान अति आवस्यक ओढ्ने ओछ्याउने सामाग्री र पहिरोमा परि अभिभावक गुमाएका १४ जना बालबालिकाको लागि एकएक सेट लत्ताकपडा साथै हाम्रो गोइलो हाउस (सबिना मगर) बाट ५० थान लत्ताकपडा पनि हस्तान्तरण गरीएको तामाङ समाज नेपालले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ समाजले पहिलो चरणको सहयोग स्वरुप अती आवस्यक प्रयोजनका लागि भाद्र २ गते छिमेकी क्याफे जोरपाटीमा सानो कार्यक्रम आयोजना गरी रु.१,००,०००/- (एक लाख) जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ्लाइ, तामाङ अन्तर्राष्ट्रिय परिषद्को बरिस्ठ उपाध्यक्ष टासी लामा र परिषद् कै केन्द्रिय सचिव रोबिन थिङ तामाङको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।
यस आपतकालीन अवस्था हाम्रो अभियानलाई सफल बनाउनका निम्ति साथ समर्थन र विभिन्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुमा नेपाल प्रबासी तामाङ समाज कतारले हार्दिक आभार प्रकट गर्दै भावी दिनहरुमा पनि यस्तै आपतविपतको घडीमा साथ सहयोग अपेक्षा राख्ने जानाकारी गराएको छ ।