विश्व बजारमा प्रबिधीले यति छिटो फड्को मार्न सफल भयो कि सामजिक संजालको नामबाट घर घर हात हातमा स्मार्ट फोन अनि फेसबुक, युटुब प्रयोकर्ताहरु पनि बिभिन्न खाले जन्मिए। कसैले सदुपयोग गरे त कसैले भने चरम दुरुपयोग पनि गरें।
करिब डेढ दशक पहिला सम्म बिदेश बाट नेपाल खबर पठाउन पर्यो भने चिट्ठी लेख्ने गरिन्थ्यो, चिठ्ठी आवत जावत गर्न करिव दुई तिन महिना लाग्थ्यो भने त्यस बेला बिदेशमा बस्नेहरु पनि खुब खुसी हुन्थे, दुई दशक भन्दा लामो बिदेशको बसाईले चिठ्ठी पत्र कम्प्युटर, ईन्टरनेट, स्मार्ट फोन र वाईफाईको बारेमा राम्रै अनुभव बटुलेको छु, डेढ दशक पहिला साउदि अरबमा कार्यरत हुदा जब घर बाट चिठ्ठी आउथ्यो, कयौ दिन हातमा चिठ्ठी परे पछी मनमनै सन्देश आति है भन्ने हिन्दी फिल्म बोर्डेरको गीत गुनगुनाउथे। चिठ्ठी बारम्बार पढ्ने गर्थे, घर झगडा भनेको हुदैन थियो होस पनि कसरी घरमा जुठो परेको पनि श्राद्ध्यमा मात्रै थाहा हुन्थ्यो, बल्लतल्ल हात लागेको चिट्ठीमा परदेशमा पिडा होला, चिन्ता हुन्छ, भनेर राम्रो राम्रो खबर मात्रै लेखिन्थ्यो, तर अहिले यो जमाना रहेन सबको हातमा मोबाईल अनि बेरोजगार नै भए पनि ऋण होस वा मजदुरी गरेरै भए पनि सबले समाजिक संजाल चलाउनै परेको छ। कति त बिद्यालय समेत नदेखेकाले मोबाईल फोन प्रयोग सँगै केहि अक्षर र अंक पनि चिन्न पाएका छन।
अहिले भने त्यो अवस्था छैन, सेकेन्ड भरमा विश्व भरको गतिबिधी नियाल्न सक्ने क्षमता छ। चाहेको बेला मोबाईल उठायो नि भिडियो कल गर्यो।आफ्ना- आफन्त प्रियजन सँग प्रत्यक्ष हेरेर सम्बाद गर्न सकिने प्रबिधी अएको छ, यसलाई हामी सकारात्मक लिनु पर्छ, तर यस बाट उब्जिएका दुबै पक्ष हाम्रै समाज भित्रको हुन त्यसैले स्विकार गर्नै पर्छ। सकारात्मक पक्षमा रमाउछौ भने नकारात्मक पक्षलाई पनि समिक्षा तथा समाचोलना गर्नै पर्छ, सामाजीक संजालको प्रचुर प्रयोग पछि अत्यधिक मात्रमा नयाँ नयाँ पदवीहरुको जन्म भएको छ, जस मध्य समाजसेवी र सामाजिक अनियान्ता भनेर चिनाउनेको पनि होडबजि नै छ, हास्यास्पद कुरा त के भने समाजसेवी तथा सामाजिक अभियानता भन्नेहरुको पनि नाना थरीको जातिय झुण्ड छ । म The mirror of society नारा लिएर हिड्ने भएर होला के छ ऎइना जस्तै हुन पर्छ भन्ने मान्यता राख्छु। आज मैले सामाजीक अभियानता तथा समाजसेवीहरुको बारेमा केहि समाचोलना गर्ने क्रममा वर्गिय समाजमा अनेकौ वर्गकृत गरिएको छ। जसमा हाम्रोलाई होईन राम्रोलाई रोजौ भन्ने उद्देश्यले स्वयं दलित सुमुदायको हुदा केही आफुले आफैलाई दलित समाजसेवी तथा अभियानताको बारेमा समाचोलना गर्न गएको छु आशा छ मेरो प्रत्येक शब्दलाई सकारात्मक दृष्टिकोण बाट हेरिने छ।
युटुब तथा सामाजिक सँजाल फेसबुकमा दिनहु जसो अनेकौ घट्नाहरु देख्न पर्छ, नचाहेरै भए पनि हेर्न बाध्य हुन्छौ। आज मलाई स्मरण भएका केहि घट्ना अनि त्यसमा हाम्रो अभियानताको आवाजको बारेमा समाचोलना गर्न लागेको छु। पछिल्लो समयमा बिभिन्न काण्डले कैलाली, चर्चामा रहने गरेको पाईन्छ, करिब पाचँ वर्ष पहिला हिंसात्मक गतिबिधी हुदा सात जना नेपाल प्रहरी समेत गरी २०जनाको ज्यान गएको थियो, त्यस बेला दलित अभियानताहरु लुकेर बसे कसैको आवाज आएन। कैलाली मै निर्मला बलात्कार पछि हत्या काण्ड भयो, त्यहा पनि अहिलेका चर्चित दलित अगुवाई बताउने सरु बिश्वकर्मा र डा मित्र परियारको आवाज सुन्न पाईन, किन भने निर्मला पन्त दलित थिइनन्। केहि महिना पहिला रुकुम जाजरकोट घट्नामा ६ जनाको नरसंहार भयो, जसमा प्रेम र दलित शब्द जोडिएको कारण हाम्रो अभियानताहरु निकै ताते पनि देश बिदेश बाटै भए पनि फेसबुकको भित्ता निकै मज्जाले रङ्याउन भ्याए, मेरो पनि ब्यक्तिगत भावना जोडिएकोले निकै मर्माहत बने, तर मैले निरन्तर भनिरहेको थिए, यदि सो मुद्दालाई जातिय करण गरियो भने मृतक भाई नवराजको आत्मिय मित्रहरु जो साथै ज्यान गुमाएका छन, तिनीहरु माथी अन्याय हुने छ, तर कसैले सुनेन मेरो कुरा मलाई नै एकल्याए , सो घट्ना नसेलाउदै कैलाली मै बाहुन समुदायको महिला माथी तिन जना दलित युवाहरु बाट सामुहिक बलात्कार गरियो,त्यहाँ भने सबै मौन बसे मतलब एक प्रकारको समर्थन नै थियो नत्र भने अमेरिका बाट लाईभ आएर ठुला ठुला आवाजमा भाषण गर्ने सरु जी नेपाल फर्के पछी ति पिडित महिलालाई सहानुभुतिको दुई शब्द लिएर किन पुगेनन् किनकी ति महिला बाहुन समुदाय की थिईन्?
घरेलु किचलो, कैलाली कै अर्जुन बिक भाईको घरेलु किचलोमा अनुहार देखाउन पुग्नु भएकी सरु म्याडम किन अर्जुनकी श्रीमति लक्ष्मी बिकलाई बास्तविक सोध्न पुग्नु भएन, ताली एक हातले मात्रै बज्दैन,होलान् धेरै गल्ती लक्षमी बिक कै, तर सामाजिक अभियानता भएको नाताले जतिसक्दो मिलाउने दायित्व तपाईको होईन? दुवै जनालाई पाता कसेर कोटकचरी पुर्याएर अब उप्रान्त हामी एक अर्का बिच कुनै पनि बिबाद निस्कने छैन, कदम कदाचित निस्कियो भने यस्तो खालको सजाय हुने छ भनेर भन्न सक्नु पर्छ कि पर्दैन सामाजिक अभियानता भएर, खासै उचित कदम चालेको पाईएन, त्यस पछी कैलाली मै अर्को घरेलु हिंसा भयो। आफ्नै हाडनाता पर्ने काका बाट बलात्कृत भएकी कैलाली सोल्टा की १३ वर्षिया बालिकाको लागी कुनै आवाज उठेन, अभियानताको नाताले त्यहाँ पुगेर आफ्नो घर भित्रको नराम्रो कुरा किन बाहिर ल्याउन नसकेको। बाहिर ल्याउदा दलितको इज्जतमा दाग लाग्छ? फेरी लगत्तै १६ वर्षिया दलित बालिका माथी ४ जनाको सामुहिक बलात्कार भयो त्यहाँ भने लण्डन बाट आवाज उठेको छ। किन भने त्यहाँ दलित र गैर दलितको भिन्नता नै छ।
कैलाली मै तन जना बाट सामुहिक बलात्कृत भएकी महिला र अहिले सोही ठाउमा ४ जना बाट बलात्कृत भएकी १६ वर्षिया युवति, बिच हाम्रो दलित समुदायका सामाजिक अभियानताको हेर्ने दृष्ठिकोण किन फरक फरक छ। यदि जातियताको चस्मा फुकालेर हेर्ने हो भने यि दुबै जना नारी समान होईनन् र? अनि ति बलात्कारीहरु जुन सुकै जातको होस बराबर अपराधी होईनन्? म भन्दिन समाजमा विभेद छैन भनेर चरम क्रुर बिभेदको मारमा पशु भन्दा निच जिन्दगी जिउन बाध्य परेको छौ, तर यो होईन नि कुकुरले आफ्नो खुट्टामा टोक्यो भन्दैमा आफु पनि
कुकुरको खुट्टा टोक्न जानु भएन, जबसम्म हामीले सामाजिक सद्भाव बिथोलिने जस्ता अभिब्यक्ति दिने, जातियताको चस्मा फुकालेर हर्ने, सह्रदयतावादको दर्शन युक्त सिद्धान्तलाई अंगीकार गर्दैनौ, तव सम्म समाजमा लैंगिक, क्षत्रीय, वर्णिय, वर्गिय, जातिय विभेद हट्ने छैन, सुरु मै माथिल्लो तह देखि कु-संस्कार र कुरितिका ज्ञान दिएर दिमागमा घृणावादको कित्ताकाट भरिदिएका छन, यदी आगामी दिनमा तपाई हामी मिलेर तिमीहरुको दिमागमा भरिएको लैंगिक, क्षत्रीय, वर्णिय, वर्गिय, जातिय विभेदलाई सफा गर्न सकेनौ भने कुनै दिन झनै भयानक स्थितिको सामना गर्न पर्ने हुन्छ तर त्यसबेला हामी सँग पछुतो मानि बस्नुको विकल्प पनि रहदैन।