गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ l १४ जुलाई २०१७ सम्म ३०५१ जना आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले २५८० जनाको नामावली छनौट गरेको थियो l
यसपाली एनसीसी कतारले जिल्ला र प्रादेशिक रुपमा बर्गिकरण गर्ने क्रममा ब्यबहारिक कारण देखाउदै नवलपरासी परासी जिल्लालाई प्रदेश न. ५ मा र रुकुम जिल्लालाई प्रदेश न. ६ मा राखिएको जानकारी दिएको छ l सोहि प्रक्रियालाई आधार मान्दै एनसीसी कतारको कार्यसमिति चयन गर्ने कार्यवाहक महासचिव तेज कटुवालले बताए l
विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा सस्थाको पंजीकृत सदस्यता लिने सम्पूर्ण सदस्यहरुलाई एनसीसी कतारले हार्दिक आभार प्रकट गरेको छ l संघले आगामी दिनमा संचालन गर्ने गतिविधिहरुमा सकारात्मक तथा रचनात्मक सहभागिता जनाउन समेत अनुरोध गरेको छ l
संघको आसन्न राष्ट्रिय अधिवेशनका लागी सम्पूर्ण प्रक्रिया पुरा गर्ने क्रममा बिशेष सहयोग गर्नु हुने, राय सुझाव दिनुहुने सबै अग्रज अभियन्ताहरुमा एनसीसी कतारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ l
बिस्तृत जानकारीको लागी यो लिंकमा गएर हेर्न सकिन्छ l
हम्रोसंचार डटकमबाट
https://qa.nrna.org/Portals/127/Final%20List_Published.pdf