दाङमा गत २०७७ भदौ १४ गते देखि २१ गते सम्म गरिएको लकडाउन भोलि भदौ २२ गतेदेखी आउदो २८ गते सम्मका लागि केही स्वरुप परिबर्तन गरि लकडाउन खुकुलो हुने भएको छ।
प्रदेश नम्बर ५,दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यलय दाङका प्र.उ. गणेश चन्द,स.प्र.उ. टोप बहादुर खनाल, रा.अ.उप निर्देशक टेकराज तिमिल्सिना, सेनानी श्याम थापा क्षेत्री र स. प्र. जि. अ. गन्ज बहादुर एम सी,आमन्त्रित ब्यक्तित्व जिल्ला स्वास्थ्य कार्यलय दाङका स्वास्थ्य प्रमुख अंगत बहादुर शाही लगाएतको समुपस्थितिमा आज बसेको बैठकले गत भदौ १४ गते देखी २१ गते सम्मका लागि निषेध गरिएका केही गतिबिधिहरुलाई स्वरुप परिमार्जन गर्दै लकडाउन खुकुलो गर्ने निर्णय गरिएको हो।
आज बसेको बैठकले आगामी भदौ २८ गते सम्म लागु हुने गरी सार्बजनिक सवारि साधन बाहेक निजि गाडी बिहान ६ बजे देखि दिउँसो १२ बजे सम्मका लागि जोर बिजोर प्रणाली अन्तर्गत कोभिड -१९ लाई बृद्धि हुन नदिन नेपाल सरकारले जारी गरेको स्वास्थ तथा सुरक्षाको मापदण्ड पूरा गरि चल्न दिइने बताईएको छ।त्यसैगरी प्रत्येक दिन बिहान ६ बजे देखि १२ बजे सम्मका लागी सम्पुर्ण व्यापार ब्यबसाय समेत चालू गरिने बताईएको छ।बिकास निर्माण सम्बन्धी कार्य कामदारहरु कार्यस्थल भन्दा बाहिर आउतजाउत गर्न नमिल्ने गरि चल्न दिईने छ।बैंक तथा बित्तिय सस्थाहरुलाई सरकारले जारी गरे्को स्वास्थ्य तथा सुरक्षाको मापदन्ड पूरा गरि बिहान छ बजे देखि १२ सम्म खुल्ने भएका छन।
बैठकले तोकिएको बमोजिमको समय भन्दा अन्य समयमा ब्यापार ब्यबसाय गर्ने,निर्माण सम्बन्धि कार्य गर्ने,यातायात संचालन गर्ने,स्वास्थ्य तथा सुरक्षाका मापदन्डको पालना नगर्ने,सामाजिक दुरी कायम नगरी भिडभाड गर्ने,मास्क प्रयोग नगरी आवतजावत गर्ने जस्ता गतिबिधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिई कार्बाही गर्ने बताएको छ।
त्यसैगरी दाङ जिल्लामा कोभिड १९ संक्रमितहरुको अवस्थाका सम्बन्धमा तुल्सिपुर र घोराही उपमहानगर पालिकामा अन्य नगरपालिका भन्दा पोजिटिभ संख्या बढी देखिएको हुँदा दुबै उपमहानगरपालिकाका प्रभाबित वडाहरुमा "कन्ट्याक्ट् ट्रेसिङ" गर्न स्वास्थ्य कार्यलय दाङले ब्यवस्था मिलाउने समेत बताईएको छ।