गण्डकी प्रदेश तथा मनाङ जिल्लाका माननीय सांसद राजिभ गुरुङ (दिपक मनाङे)ले मनाङे जनताको सेवा गर्नको लागि आफुलाई जिताएर नेता बनाएर पठाएको हुन, घुस खान र चोर्नलाई नभएको बताएका छन।
सांसद दिपक मनाङेले मनाङका जनतालाई सरकारले यार्सा टिप्न नदिएर गम्भीर गलत गरेको बताएका छन।अहिलेको अवस्थामा रोग भन्दा पनि जनता भोकले छटपटाएर मर्ने स्थिती छ यो बेलामा पार्टी, दल,संघ संगठन नभनी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन।
सांसद मनाङेले आफ्नो फेसबुक लाईभ मार्फत पोखरा देखि मनाङ मात्र होइन देशैभरी भोकमरीको अवस्थाले मर्ने स्थिती आउने बताए।मनाङका गरिब जनताले बार्षिक यार्सागुम्बा टिपेर दुई तीन लाख कमाउथे त्यही पनि मनाङ जिल्लाका जनप्रतिनिधिहरुले रोक्नु महामुर्खता रहेको बताए।कोरोना संक्रमीत मनाङ जिल्लाको नभैइ बाहिरबाट आउने ब्यक्ती भएकोले बाहिरका ब्यक्तिलाई आउन निषेध गरि मनाङे जनतालाई यार्सागुम्बा टिप्न खुला गर्नुपर्ने थियो यति सम्म पनि नगर्नु त्यस क्षेत्रबाट जन निर्बाचित प्रतिनिधिहरुको कमनसेन्स समेत नभएको बताएका छ्न।
आफुले स्वयं दुईपटक राहात बितरण गरेता पनि अब आफू बाट मात्र असम्भव रहेको बताउदै पटक पटक राहत बितरण गर्न पैसा कहाँ बाट ल्याउने? कि मैले पनि चोर्नु पर्यो घुस खानु पर्यो? त्यसैले यतिबेला पार्टी दलबाट माथी उठेर जनतालाई बचाउन अग्रसर हुन पर्ने बताएका छन।
त्यसैगरी नेपाली काङ्ग्रेसको पच्चिस बर्षको शासन हेरिसकेको र नेकपाको पनि देखिसकेको हुनाले मनाङ जिल्लाको सुख शान्ती समृद्धि,शुसासन र बिकासका लागि ब्यक्ति हेरेर भोट दिनु पर्ने बताए।जनताले बरु नयाँ नेता जन्माउनु पर्दछ जस्तै म एउटा व्यापार गर्ने नयाँ मान्छेलाई नेता बनाएर पठाएका हुन यसै गरि नयाँ नेता जन्माउन सुझाब दिदै यदि म बाट पनि अपेक्षा गरे बमोजिम नभए आफुलाई पनि नजिताउन जनतालाई सुझाव दिएका छन।
उनले कोरोनाको विषम परिस्थितिमा कसरी बाच्ने बचाउने भन्ने चिन्ता भैइरहेको अवस्थामा केही व्यक्तिहरुले प्रोजेक्टहरु लिएको बताउदै आखिर कस्का लागि? किन? यो अवस्थामा प्रोजेक्ट होइन जनताको जीवन महत्वपूर्ण रहेको छ।यदि मान्छे नै छैन भने प्रोजेक्ट के का लागि?भन्ने प्रश्न समेत गरेका छन।सांसद दिपक मनाङे पछिल्लो समयमा भरष्टाचारका बिरुद्ध कडारुपमा अग्रसर रहदै जनताका सुखदुःखमा साथदिने लोकप्रिय नेताको रुपमा परिचित रहेका छन।