भारतमा अन्तराष्ट्रिय उडान सेप्टेम्बर ३० सम्म बन्द नै हुने भएका छ्न ।
तर मेट्रोरेल सेप्टेम्बर ७ बाट चल्ने भएको छ । भारतीय गृह मन्त्रालयले सेप्टेम्बर ७ बाट मेट्रो रेल सेवा सुचारु गर्ने अनुमति दिएको हो ।
तर स्कुल कलेज, र अन्य शैक्षिक सस्थांन भने बन्द नै रहने जनाएको छ ।
साथै भारतमा खेल, मनोरंजन, सास्कृतिक, धार्मिक र अन्य कार्यक्रमका लागि सेप्टेम्बर २१ बाट खोल्ने अनुमति दिएको छ । तर यसका लागि सय जना भन्दा बढी मानिस भने सहभागी हुन भने नपाउने बताइएको छ ।
यस क्रममा मास्क लगाउन अनिवार्य, सामाजिक दुरी र थर्मल स्क्यानिङ गर्नुपर्ने गृहमन्त्रालयले बताएको छ ।
त्यस्तै सिनेमाल, स्विमिंग पुल, थिएटरहरु भने सेप्टम्बर ३० सम्म बन्द हुने छन् ।
भारतमा कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
भारतमा अहिलेसम्म ३५ लाखभन्दा बढी संक्रमित भएका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।