दोहा / गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसौ चरणको राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।
यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली नागरिकलाई देखा परेका समस्या समाधानका निम्ति क़तार सरकारको पराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालय द्वारा क़तार च्यारिटी मार्फ़त प्राप्त ख़ाद्दान, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त बिबरण तथा आफै अन्लाइन फार्म भरेकालाई (एनआरएनए)कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले एक्काइसौ चरणको राहत कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले मुग्लानी खबरलाई जानाकारी गराए ।
राहत बितरण मिति १५ अगस्त २०२० देखी २८ अगस्त २०२० सम्म कतारको विभिन्न ठाउँमा रहेका ६२७ जना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यन्नको राहत प्याकेज बितरण गरिएको छ। र हाल सम्म एनआरएनए कतार द्वारा ७२१७ जनालाई राहत बाडिएको अध्यक्ष मुसलमानले जानाकारी गराए ।
कोरोनाले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।
यस राहत बितरणमा खटिने दुताबास परिवार, आईसीसी प्रतिनिधि हरू, एनसीसी प्रतिनिधिहरू, उद्दार तथा राहत वितरण समिति संयोजक तथा सदस्यहरू, पत्रकारहरू तथा सहभागी सम्पूर्ण स्यमसेवक सदस्य हरूमा अध्यक्ष मुसलमानले हार्दिक धन्यवाद व्यक्त गरेका छ्न I