विनायक सिद्ध कलेज चाबहिलद्वारा शैक्षिक सत्र २०७७/२०७८ का लागि यहि आउदो भदौ १६ गते बिहानको ९ बजे देखि १० बजे सम्म अनलाईन प्रबेश परिक्षा गराउने भएको छ।
शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल विनायक सिद्ध कलेज चाबहिलले बिश्व कोरोना महामारी कोभिड-१९ को संक्रमण र विद्यार्थीको भबिस्यलाई मध्येनजर गर्दै अनलाईन प्रबेश परिक्षा गराउने भएको हो। शैक्षिक सत्र २०७७/७८ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा विद्यार्थीहरुलाई भर्ना शुरु भएको छ ।
विनायक सिद्ध कलेजले यहि आउदो भाद्र १६ गते ९ बजे देखि १० बजे सम्म अनलाईन प्रवेश परीक्षा संचालन गर्ने भएको छ । कलेजले आफ्नो अफिसियल पेज मार्फत जानकारी गराईसकेको छ ।परिक्षाको किसिम अब्जेक्टिभ ५० वटा प्रश्न सोधिनेछ जुन विद्यार्थीको इच्छा अनुसार ईमेल,म्यासेन्जर,वाट्साप लगाएतबाट पठाईनेछ भने बिद्यार्थीले एक घन्टाभित्र हल गरि पठाउनु पर्ने छ।कलेजले Entrance cum scholarship test -2077 अन्तर्गत ५० जना बिद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ।जस अन्तर्गत टप १० पर्न सफल बिद्यार्थीलाई सत प्रतिसत,११-२५ औ स्थान सम्म पर्न सफल विद्यार्थीहरुलाई ७५% र २६-५०औ स्थान सम्म पर्न सफल बिद्यार्थीहरुका ६०% छात्रवृत्ति दिने कलेजले जानकारी गराएको छ।
बिश्व महामारी कोरोनाबाट प्रत्यक्ष प्रभावित विद्यार्थीहरुलाई समेत लक्षित गरि लगभग कुल ५०० जना बिद्यार्थीहरुको भर्नाको १०% जेहन्दार तथा आर्थिकस्तर कमजोर भएका पढाईका अतिरिक्त गायन, नृत्य, खेल आदि क्षेत्रका विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृतिको व्यबस्था गर्ने समेत बताएको छ।
त्यसैगरी कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले प्रमुख भुमिका खेलेको र विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाउन समाज र बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कजेजमा सो क्लबको थालनी गरिएको कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडाले मुग्लानी खबरलाई बताएका छन।