काठमाडौं ,भाद्र ११ । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बिगतको तुलनामा निकैनै बढीरहेको छ । आज मात्रै " एघार सय ११ जनामा कोरोना संक्रमितभेटिएको पुष्टि भएको छ ।
अझ नेपालको जनसंख्या बढि भएको काठमाण्डौमा दिनप्रतीदिन उच्चबिन्दुमा पुग्दैछ । त्येसैगरि आज गोकर्णेश्वर नगरपालिका भित्र बिगत ४८ घण्टामा कोरोना संक्रमित २८ जना थपिएका छन् ।
भाद्र ९ गते कुल संक्रमित ७० जना रहेको नगरपालिकामा भाद्र ११ गते सम्म आइपुग्दा संक्रमित संख्या बढेर ९८ रहेको नगरपालिकाको स्वास्थ्य साखाले बताएको छ ।
यो संगै हाल नगरपालिकामा कुल संक्रमित ९८ र सक्रिय संक्रमित ६१ जना रहेका छन् । वडामा सबैभन्दा धेरै संक्रमित वडा नम्बर ५ र ६ मा रहेका छन् । यिनीहरु कोहि अस्पतालको आइसोलेसनामा र कोहि घरमै सुरक्षित रुपमा बसेका छन् । वडा नम्बर ३ मा भने हालसम्म संक्रमित देखिएको छैन ।
वडागत रुपमा संक्रमित संख्याको विवरण
वडा नम्बर १ मा २ पुरुष १ महिला
वडा नम्बर २ मा १ पुरुष ३ महिला
वडा नम्बर ३ मा हालसम्म संक्रमित देखिएको छैन
वडा नम्बर ४ मा १० पुरुष ५ महिला
वडा नम्बर ५ मा २२ पुरुष ११ महिला
वडा नम्बर ६ मा १९ पुरुष ६ महिला
वडा नम्बर ७ मा ३ पुरुष २ महिला
वडा नम्बर ८ मा ५ पुरुष ६ महिला
वडा नम्बर ९ मा ० पुरुष २ महिला
यसरि नगरपालिका भरि भाद्र ११ गते सम्म ६२ पुरुष र ३६ महिला गरि कुल ९८ जना संक्रमित रहेका छन् । साथै नगरपालिका भित्र कोरोनाको कारण एकजनाको मृत्यु भएको छ ।